विदेशबाटै बयान र बकपत्र गर्न सक्ने सर्वाेच्चकाे नयाँ नजिर

Share this
683shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ जेष्ठ १३, बुधबार ०६:५६
प्रहरीको काम कारबाही नागरिकले रेकर्ड गर्न पाउनुपर्ने मागमा सर्वोच्चद्वारा कारण देखाऊ आदेश

काठमाडौं । सर्वोच्च अदालतले विदेशमा रहेका नेपालीहरूका लागि न्याय सम्पादनको ढोका थप सहज बनाइदिएकाे छ । नेपालमा चलिरहेका मुद्दाका प्रतिवादी वा साक्षीहरूले आफू रहेको देशकै नेपाली दूतावास वा कूटनीतिक निकायमा उपस्थित भई भिडियो कन्फ्रेन्समार्फत बयान र बकपत्र गर्न पाउने व्यवस्था गर्न सर्वाेच्चले फैसला गरेकाे हाे ।

विशेष अदालतमा विचाराधीन भ्रष्टाचार मुद्दामा भएको आदेशविरुद्धको पुनरावेदनमा सुनुवाइ गर्दै सर्वोच्चले विदेशमा रहेका नेपालीहरूलाई नेपाल नआईकनै मुद्दाको कानूनी प्रक्रियामा सहभागी हुने र आफ्नो प्रतिरक्षा गर्ने बाटो खुलेको हाे ।

के थियो विवाद ?

बुटवलकी एक युवतीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अर्कैको एप्लिकेसन आईडी प्रयोग गरी सवारी चालक अनुमति पत्र (लाइसेन्स) लिएको अभियोगमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो । मुद्दा चल्दै गर्दा उनी अध्ययनका लागि अष्ट्रेलिया पुगिसकेकी थिइन् ।

उनले आफू उपस्थित हुन नसक्ने काबु बाहिरको परिस्थिति दर्शाउँदै अष्ट्रेलियास्थित नेपाली दूतावासमार्फत बयान गर्ने सुविधा माग गरेकी थिइन् । विशेष अदालतमा यस विषयमा न्यायाधीशहरूबीच मतभेद भएको थियो । बहुमत न्यायाधीशहरूले ‘भोलि थुनामा राख्नुपर्ने वा धरौटी माग्दा बुझाउन नसके विदेशमा कसरी कार्यान्वयन गर्ने ?’ भन्ने प्रश्न उठाउँदै अनुमति दिन अस्वीकार गरेका थिए । तर, तत्कालीन अध्यक्ष टेकनारायण कुँवरले भने प्रविधिको प्रयोग गरी बयान लिनुपर्ने अल्पमतको राय राखेका थिए ।

विशेष अदालतको बहुमतको निर्णय बदर गर्दै सर्वोच्च अदालतका न्यायाधीशद्वय हरि फुयाल र बालकृष्ण ढकालको संयुक्त इजलासले सूचना प्रविधिको प्रयोगलाई संकुचित नबनाउन स्पष्ट निर्देशन दिएको छ ।

सर्वोच्चले आफ्नो फैसलामा भनेको छ,’भविष्यमा आदेश उल्लंघन हुन सक्ने काल्पनिक आशंकाको आधारमा वर्तमानमा प्रतिवादीलाई आफ्नो सफाई पेस गर्ने र सुनुवाइको मौका पाउने मौलिक अधिकारबाट वञ्चित गरिनु न्यायोचित हुँदैन ।’

सर्वाेच्चले विदेशस्थित दूतावासहरू नेपालकै कानून र अन्तर्राष्ट्रिय सन्धिअनुसार स्थापित संयन्त्र भएकाले त्यहाँबाट हुने प्रक्रिया कानूनी रूपमा वैध हुने भएकाले बयान बकपत्र गर्न सकिने व्याख्या गरेकाे छ ।
यदि अदालतले धरौटी वा जमानत मागेमा सम्बन्धित व्यक्तिले दूतावासको खातामा रकम जम्मा गर्न वा नेपालस्थित आफ्नो वारिसमार्फत अदालतमा बुझाउन सक्नेछन् । डिजिटल रूपान्तरण तीव्र भएको उल्लेख गर्दै सर्वोच्चले भौगोलिक सीमाका कारण न्यायमा ढिलाइ हुन नहुने र भिडियो कन्फ्रेन्सिङलाई ‘सुधारात्मक कदम’ का रूपमा लिनुपर्ने व्याख्या गरेकाे छ ।

यदि बयानपछि थुनछेक आदेशमा प्रतिवादीलाई थुनामै राख्नुपर्ने अवस्था आयो भने, दूतावासले सम्बन्धित देशको अध्यागमन र सुरक्षा निकायसँग कूटनीतिक समन्वय गरी ती व्यक्तिलाई नेपाल पठाउने प्रक्रिया अघि बढाउनुपर्ने आदेशमा उल्लेख छ । यो फैसलालाई कानून व्यवसायीहरूले नेपालको न्याय प्रणालीमा ठूलो सुधारको रूपमा लिएका छन् ।

तपाइको प्रतिक्रिया
कोशीमा ६९ पूर्वाधार योजनालाई करिब ५ अर्ब
कोशी प्रदेशमा उत्कृष्ट प्रहरी र सहयोगी संघसंस्था सम्मानित
कोशी प्रदेशमा उत्कृष्ट प्रहरी र सहयोगी संघसंस्था सम्मानित (फोटो फिचर)
मधेश प्रदेश सरकारमा सहभागी एमालेका मन्त्रीद्वारा राजीनामा
काठमाडौंबाट ओखलढुंगा जाँदै गरेको बस सिन्धुलीमा दुर्घटना, ९ जना घाइते
दसैँमा पनि खुला रहनेछन् आयल निगमका डिपो, इन्धन अभाव हुन नदिने
यी हुन् मन्त्रिपरिषद् बैठकले गरेका निर्णय
चट्टानसहितको पहिरोले किमाथांकासम्मको यातायात प्रभावित
अपांगता भएका व्यक्तिको अधिकारसम्बन्धी ऐन संशोधन विधेयक संसदमा लैजान स्वीकृति
स्वजन रघुवंशीले हासिल गरे नृत्यमा विद्यावारिधि
कांग्रेस सभापति थापाको शपथ शनिबार, अरुको दसैँपछि
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×