सांसदलाई पीए सुविधा : सर्वोच्चले माग्यो सरकारसँग लिखित जवाफ

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ श्रावण ११, सोमबार १४:३२
सरकारी विज्ञापनमा ‘एकद्वार प्रणाली’ लागू गर्ने सरकारको निर्णय सर्वोच्चद्वारा खारेज

काठमाडौं । सङ्घीय संसद्का सांसदहरूलाई निजी स्वकीय सचिव (पीए) राख्न दिने सरकारको पछिल्लो निर्णयमाथि सर्वोच्च अदालतले प्रश्न उठाएको छ । न्यायाधीश विनोद शर्माको एकल इजलासले यस निर्णयविरुद्ध परेको रिटमा प्रारम्भिक सुनवाई गर्दै सरकारका नाममा ‘कारण देखाऊ’ आदेश जारी गरेको हो ।

संसद्का पदाधिकारी तथा सदस्यको पारिश्रमिक र सुविधासम्बन्धी ऐनको दफा २५ प्रयोग गरी राजपत्रमा सूचना निकालेर सांसदहरूलाई पनि पीए दिने निर्णय सरकारले गरेको थियो । तर उक्त निर्णयले राज्यकोषमाथि अनावश्यक भार थप्ने र संविधानको भावनाविपरीत हुने भन्दै अधिवक्ता डा. प्रेमराज सिलवालले सर्वोच्चमा रिट दर्ता गराएका हुन् ।

Advertisement

रिट निवेदनमा एकातिर मितव्ययिताका कुरा गर्ने र अर्कोतिर कार्यकर्ता पाल्ने नियतले यस्तो सुविधा ल्याउनु स्वेच्छाचारी कदम भएको उल्लेख छ । बिनाकुनै निश्चित योग्यता, परीक्षा वा कार्यक्षेत्र तोकेर आफन्त तथा व्यापारिक साझेदारलाई पीए नियुक्त गर्ने र कतिपयले फर्जी नाममा आफैँ रकम बुझ्ने गरेको पुरानै विकृति यसले दोहोर्याउने दाबी गरिएको छ ।

विगतमा सांसदका पीएहरू रातो पासपोर्ट, भुटानी शरणार्थी तथा सुन तस्करी जस्ता ठूला अपराधमा मुछिएका उदाहरण दिँदै रिटमा सरकारको निर्णय उत्प्रेषणको आदेशद्वारा खारेज गर्न माग गरिएको छ । सर्वोच्चले सरकारको लिखित जवाफ आएपछि यस विषयमा थप छलफल अघि बढाउनेछ ।

तपाइको प्रतिक्रिया
१२ अर्ब ६३ करोडको अलैंची निर्यात
साताको पहिलो दिन नेप्से ३३ अङ्कले घट्यो, ६ अर्ब बढीको कारोबार
जटिल बन्दै सुनसरीको सुरक्षा अवस्था : जथाभावी आक्रमण, आगजनी र तोडफोड आतंक
कप्तानगन्ज घटनापछि सर्वदलीय प्रतिबद्धता : सद्भाव जोगाउन सबै पक्ष एक ठाउँमा
कप्तानगञ्ज घटना : सांसद साहद्वारा सुरक्षा अधिकारीहरूमाथि कारबाही माग
सरकारी विज्ञापनमा ‘एकद्वार प्रणाली’ लागू गर्ने सरकारको निर्णय सर्वोच्चद्वारा खारेज
सांसदलाई पीए सुविधा : सर्वोच्चले माग्यो सरकारसँग लिखित जवाफ
मालवाहक गाडी फस्दा केचना–कञ्चनजङ्घा करिडोर अवरुद्ध
मोरङमा बालिकामाथि सामूहिक करणी, ५ जना पक्राउ
नागढुंगा-सिस्ने खोला सुरुङमार्गको औपचारिक उद्घाटन
कप्तानगन्ज गोलीकाण्ड : सुरक्षा कमान्डरविहीन थियो सुनसरी
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×