कांग्रेस विवाद: सर्वोच्चद्वारा पुनरावलोकनको अनुमति

Share this
739shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ श्रावण २१, बिहीबार १५:४८

काठमाडौं । सर्वोच्च अदालतले नेपाली कांग्रेसको विशेष महाधिवेशनसम्बन्धी विवादलाई फेरि सुरुदेखि सुनुवाइ गर्ने भएको छ। असन्तुष्ट पक्षले यसअघिको फैसला पुनरावलोकन हुनुपर्ने माग राखी दिएको निवेदनमा सर्वोच्चले निस्सा (पुनरावलोकनको अनुमति) दिने आदेश गरेको हो।

प्रधानन्यायाधीश डा. मनोज शर्मा तथा न्यायाधीशहरू नित्यानन्द पाण्डेय र श्रीकान्त पौडेलको पूर्ण इजलासले निस्सा दिने निर्णय गरेसँगै अब यो विवादमा पहिल्यै फैसला गरिसकेका बाहेकका तीन न्यायाधीशको इजलासबाट पुन: सुरुदेखि सुनुवाइ हुनेछ। सुनुवाइपछि अघिल्लो फैसला सदर वा उल्टिने सम्भावना रहन्छ। फैसला उल्टिएमा असन्तुष्ट पक्षको मागदाबी सही ठहर भई विशेष महाधिवेशनले मान्यता पाउने छैन भने सदर भएमा महाधिवेशनले वैधता पाउनेछ।

Advertisement

यसअघि गत वैशाख ४ गते न्यायाधीशद्वय शारंगा सुवेदी र नृपध्वज निरौलाको इजलासले देउवा पक्षको रिट खारेज गर्दै विशेष महाधिवेशनबाट चुनिएका सभापति गगन थापा नेतृत्वको कार्यसमितिलाई मान्यता दिएको थियो। सोही फैसलाप्रति असन्तुष्टि जनाउँदै देउवा पक्षले गत साउन ७ गते वारेसमार्फत पुनरावलोकनको निवेदन दर्ता गराएको थियो।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×