कप्तानगञ्ज घटना : सांसद साहद्वारा सुरक्षा अधिकारीहरूमाथि कारबाही माग

Share this
645shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ श्रावण ११, सोमबार १४:३७

काठमाडौं । सुनसरीको देवानगञ्ज गाउँपालिका-३, कप्तानगञ्जमा भएको हिंसात्मक घटनामा सुरक्षा अधिकारीहरूको भूमिकामाथि छानबिन गरी निलम्बनसहित विभागीय कारबाही गर्न प्रतिनिधिसभा सदस्य दीपक कुमार साहले सरकारसँग माग गरेका छन् ।

सांसद साहले सोमबार गृहमन्त्री सुधन गुरुङलाई भेटेर साउने सोमबारको बोलबम यात्राका क्रममा साउन १० गते राति भएको झडपमा ओमप्रकाश मेहताको मृत्यु र आठ जना घाइते भएको घटनाप्रति गम्भीर ध्यानाकर्षण गराए । भेटका क्रममा उनले बुझाएको ध्यानाकर्षण पत्रमा घाइतेमध्ये अधिकांशलाई गोली लागेको र उनीहरूको विराटनगरका विभिन्न अस्पतालमा उपचार भइरहेको उल्लेख छ ।

Advertisement

घटनाले स्थानीय शान्ति, सामाजिक सद्भाव तथा सुरक्षामा गम्भीर असर पारेको भन्दै सांसद साहले स्थिति नियन्त्रणमा लिन स्थानीय प्रशासन र सुरक्षा निकायले जिम्मेवार भूमिका निर्वाह गर्न नसकेको गुनासो आएको बताए । उनले सुनसरीका प्रमुख जिल्ला अधिकारी, जिल्ला प्रहरी प्रमुख (एसपी) र जिल्ला प्रहरी कार्यालयका डीएसपीको भूमिकामाथि निष्पक्ष छानबिन गरी दोषी देखिए निलम्बनसहित कारबाही गर्न माग गरे ।

यस्तै घटनाको निष्पक्ष र पारदर्शी छानबिन गरी दोषीमाथि कडा कारबाही गर्न, पीडित परिवारलाई क्षतिपूर्ति दिन र घाइतेको निःशुल्क उपचारको व्यवस्था मिलाउन पनि उनले सरकारको ध्यानाकर्षण गराए । सांसद साहले भविष्यमा यस्ता घटना दोहोरिन नदिन सुरक्षा संयन्त्रलाई बलियो बनाउन, आवश्यक कानुनी सुधार गर्न र धार्मिक सहिष्णुता तथा सामाजिक सद्भाव कायम राख्न गृह मन्त्रालयसँग आग्रह गरे। उनले घटनाको सत्यतथ्य शीघ्र सार्वजनिक भई पीडितले न्याय पाउने विश्वास व्यक्त गरेका छन् ।

तपाइको प्रतिक्रिया
दुई महिने राष्ट्रिय जनअभियान चलाउने नेकपा संयोजन समितिको निर्णय
गल्छी–स्याफ्रुबेँसी सडक असोजभित्र सञ्चालन गर्ने तयारी
खुकुरी देखाएर आतंक मच्चाउने युवाको साथमा भेटियो गोली र बारुद
दुई साताअघि अपहरणमा परेका १५ महिने बालकको प्रहरीले सकुशल उद्धार
मोरङमा पक्राउ परेका युवा–युवती : श्रीमान–श्रीमतीका रुपमा बसे, लागुऔषधको दलदलमा फसे
श्रमिकको न्यूनतम पारिश्रमिकभन्दा कम दरमा सम्झौता नगर्न सर्वोच्चको आदेश
झापामा टिफरको ठक्करबाट साइकल यात्रीको मृत्यु 
झापामा सवारी दुर्घटना बढ्यो
प्रदेश सभा सदस्य काफ्लेलाई पदमुक्त नगर्न सर्वोच्चको आदेश
सेयर बजार ७ अंकले बढ्यो
खाँदबारी–सभा खोला सडक दैनिक ९ घण्टा बन्द
खाँदबारी–सभा खोला सडक दैनिक ९ घण्टा बन्द
मोरङ उर्लाबारीका छत्रबहादुर : परदेशबाट फर्किने प्रतीक्षामा परिवार, तर बाकसमा आयो शव
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×