कान्तिपुर कलेजमा नयाँ विद्यार्थीको स्वागत

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ जेष्ठ २२, शुक्रबार १९:४७
कान्तिपुर कलेजमा नयाँ विद्यार्थीको स्वागत

विराटनगर । विराटनगर–१० मा रहेको कान्तिपुर कलेजले कक्षा ११ मा भर्ना भएका ९०९ जना नयाँ विद्यार्थीहरूलाई एक विशेष समारोहका बीच स्वागत तथा अभिमुखीकरण गरेको छ ।

विराटनगरमा आयोजित कार्यक्रममा विज्ञान संकायका ३२६, व्यवस्थापनका ४२४ र होटेल म्यानेजमेन्ट संकायका १५९ जना विद्यार्थीहरूलाई स्वागत गरिएको हो । कान्तिपुर फाउन्डेसनका अध्यक्ष खुसीराज श्रेष्ठको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा विद्यार्थीहरूको उत्साहजनक उपस्थिति रहेको थियो ।

Advertisement

कार्यक्रममा माध्यमिक शिक्षा परीक्षा एसइईमा ४ जिपिए ल्याएर कान्तिपुर रोज्ने प्रतिभाशाली विद्यार्थी आमोद काफ्लेलाई विशेष सम्मान गरियो । साथै, कलेजको प्रवेश परीक्षामा सर्वोत्कृष्ट नतिजा ल्याउने ऐश्वर्य कुशवाहा, अजयकुमार यादव, श्रीयम श्रेष्ठ, सूर्यनारायण यादव, सुन्दरकुमार मण्डल, निकिताकुमारी साह लगायत १९ जना जेहेन्दार विद्यार्थीहरूलाई पनि पुरस्कृत गरियो ।

कार्यक्रमका प्रमुख अतिथिको राष्ट्रिय परीक्षा बोर्ड कोशी प्रदेशका प्रमुख प्रकाश खरेलले कान्तिपुरको शैक्षिक गुणस्तरको प्रशंसा गरे । ‘शिक्षा केवल जिपिएमा मात्र सीमित हुनुहुँदैन,’ उनले भने, ‘विद्यार्थीहरू बहु आयामिक र नैतिकवान् बन्नु नै वास्तविक उपलब्धि हो ।’

कलेजका प्रिन्सिपल भुवन नेपालले कान्तिपुर केवल किताबी ज्ञानमा मात्र सीमित नभई विश्व बजारमा प्रतिस्पर्धा गर्न सक्ने सक्षम जनशक्ति उत्पादनमा केन्द्रित रहेको बताए । उनले कलेजको सफलता स्मरण गर्दै भने, ‘हाम्रा २० जनाभन्दा बढी उत्पादनहरू डाक्टर बनिसकेका छन् भने धेरै विद्यार्थीहरू निजामती सेवाको उच्च ओहोदामा पुग्न सफल भएका छन् ।’

अभिमुखीकरणका क्रममा विद्यार्थीहरूलाई कलेजको अनुशासन र शैक्षिक पद्धतिबारे जानकारी गराइएको थियो । औपचारिक सत्रपछि विद्यार्थीहरूले गीत, संगीत र नृत्यमार्फत आफ्नो प्रतिभा प्रदर्शन गर्दै कार्यक्रमलाई थप उल्लासमय बनाएका थिए । विराटनगरमा गुणस्तरीय शिक्षाको केन्द्रका रूपमा स्थापित कान्तिपुरमा यस वर्षको विद्यार्थी आकर्षणले कलेजको साखलाई थप उचाइमा पुर्‍याएको छ ।

तपाइको प्रतिक्रिया
कप्तानगन्जमा गोली लागेर ज्यान गुमाएका ओमप्रकाशको शव तीन दिनदेखि अस्पतालमै
कोशी प्रदेशमा खेल प्रशिक्षक झापामा बाक्लो उपस्थिति, ७ जिल्ला  ‘नील’
कोशी प्रदेशमा खेल प्रशिक्षक झापामा बाक्लो उपस्थिति, ७ जिल्ला  ‘नील’
चलचित्र ‘पञ्चमी’ को औपचारिक घोषणा
सुनसरी घटनाबारे मन्त्रिपरिषद्मा भएन छलफल, प्रश्नबाट पन्छिए सरकारका प्रवक्ता
सुनसरी घटना छानबिन समितिमा २ सदस्य थपिए
सामाजिक सद्भाव र एकता कायम राख्न उपराष्ट्रपतिको अपिल
सामाजिक सद्भाव र एकता कायम राख्न उपराष्ट्रपतिको अपिल
सभामुख अर्यालद्वारा प्रधानमन्त्रीसहित विभिन्न दलका नेताहरूसँग भेटवार्ता
जापानमा ७.१ म्याग्निच्युडको भूकम्प, कम्तीमा १३ जनाको मृत्यु
इराकमा अमेरिकी र साउदी सेनाको आक्रमण, २० जनाको मृत्यु
सुनसरी घटनाबारे प्रधानमन्त्रीद्वारा सुरक्षा प्रमुखहरूसँग छलफल, उच्च सतर्कता अपनाउन निर्देशन
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×