एभरेष्टमा विद्यार्थी अभिमुखीकरणः ‘लक्ष्य र मेहनत नै सफलताको आधार’

Share this
710shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ जेष्ठ २७, बुधबार १९:२५
एभरेष्टमा विद्यार्थी अभिमुखीकरणः ‘लक्ष्य र मेहनत नै सफलताको आधार’

विराटनगर । विराटनगर–५ स्थित एभरेष्ट स्कुलले कक्षा ११ मा भर्ना भएका नयाँ विद्यार्थीहरूका लागि एक विशेष अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ । विद्यार्थीहरूलाई भविष्यको मार्गनिर्देशन गर्ने र शैक्षिक वातावरणसँग परिचित गराउने उद्देश्यले आयोजित उक्त कार्यक्रममा विभिन्न क्षेत्रका व्यक्तित्वहरूले धारणा राखेका थिए ।

कार्यक्रमका प्रमुख वक्ता एवं उत्प्रेरक डा. ताराप्रसाद गिरीले विद्यार्थीहरूलाई विभिन्न उदाहरण प्रस्तुत गर्दै उत्प्रेरित गरे । उनले कक्षा ११ र १२ उच्च शिक्षाको आधारस्तम्भ भएको बताउँदै यी दुई वर्षको कडा मेहनतले नै भविष्यको आकार तय गर्ने उल्लेख गरे । ‘लक्ष्यसहितको संकल्प लिएर अघि बढ्दा मात्र व्यक्ति सफल हुन्छ,’ डा. गिरीले भने, ‘तपाईंहरू केवल एक व्यक्ति मात्र नभई परिवारको सपना र देशको भविष्य पनि हुनुहुन्छ, त्यसैले आफ्नो भूमिकाप्रति सचेत रहनुपर्छ ।’

Advertisement

विद्यालयका प्रिन्सिपल टीकाराम पुरीले विद्यार्थीको सर्वाङ्गीण विकासका लागि विद्यालयले कुनै कसर बाँकी नराख्ने प्रतिवद्धता व्यक्त गरे । उनले शैक्षिक विकासका लागि आवश्यक पर्ने साधन र स्रोतको अभाव हुन नदिने बताउँदै विद्यार्थीहरूलाई अनुशासनमा रहेर अध्ययन गर्न आग्रह गरे ।

त्यस्तै, भाइस प्रिन्सिपल कुन्दन पुरीले विश्वविद्यालय तहको शिक्षा कस्तो हुने भन्ने कुरा कक्षा ११ र १२ को अध्ययनले निर्धारण गर्ने हुँदा गम्भीर भएर मेहनत गर्न सुझाव दिए । कार्यक्रममा कलेजका कोअर्डिनेटर भुवन गौतमले कलेजको अनुशासन, उपलब्ध सेवा सुविधा र नियमहरूका बारेमा जानकारी गराएका थिए ।

विगत लामो समयदेखि गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको एभरेष्ट स्कुलले विज्ञान, कम्प्युटर विज्ञान र व्यवस्थापन संकायमा कक्षा ११ र १२ को अध्यापन गराउँदै आएको छ । साथै, विद्यालयले यसै शैक्षिक सत्रदेखि बीआईटीको समेत अध्यापन सुरु गर्न लागेको जानकारी दिएको छ ।

तपाइको प्रतिक्रिया
मोरङ–६ कांग्रेस अधिवेशन स्थलमा झडप, मनोनयन प्रक्रिया प्रभावित
मोरङ कांग्रेसद्वारा क्षेत्रीय अधिवेशनमा भएको झडपको भर्त्सना, निष्पक्ष छानबिनको माग 
विकास निर्माणका समस्या समाधान गर्न कानुन संशोधनको तयारी
प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १६ अर्ब १५ करोड
व्यवसायीका समस्या र सार्वजनिक–निजी साझेदारीमा जोड: अध्यक्ष श्रेष्ठ
व्यवसायीका समस्या र सार्वजनिक–निजी साझेदारीमा जोड: अध्यक्ष श्रेष्ठ
बाढीपछि सम्पर्कविहीन न्यौपाने दम्पतीको अन्त्येष्टि गर्दै परिवार
बाढीपछि सम्पर्कविहीन न्यौपाने दम्पतीको अन्त्येष्टि गर्दै परिवार
सामाजिक सञ्जालको दुरुपयोग नियन्त्रण गर्न कानुनी सुधार हुँदै
सामाजिक सञ्जालको दुरुपयोग नियन्त्रण गर्न कानुनी सुधार हुँदै
भुटानी शरणार्थीका सन्तानलाई अमेरिका जाने अनुमति दिन सर्वोच्चको परमादेश
भुटानी शरणार्थीका सन्तानलाई अमेरिका जाने अनुमति दिन सर्वोच्चको परमादेश
लायन्स क्लब विराटनगर रेन्बोको स्थापना दिवसमा सामाजिक सेवा
लायन्स क्लब विराटनगर रेन्बोको स्थापना दिवसमा सामाजिक सेवा
पदकधारी कराँते खेलाडी स्वदेश फिर्ता
क्षतिग्रस्त जलविद्युत् आयोजना पुनःनिर्माणमा ३ खर्ब ९० अर्बसम्म लाग्ने
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×
Desktop Popup ImageMobile Popup Image×