‘खुट्टा भाँचिदिने’अभिव्यक्तिमा मन्त्री लम्साल : नियत खराब छैन

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ असार ४, बिहीबार १६:०१

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्री सुनिल लम्सालले ठेकेदारलाई ‘खुट्टा भाँचिदिने’ भन्दै दिएको धम्कीकाे विषयमा प्रतिनिधि सभामा स्पष्टीकरण दिएका छन् ।

बजेटमाथिको मन्त्रालयगत छलफलका क्रममा प्रतिपक्षी दल नेकपा एमालेका सांसद ऐन महरले सोधेको प्रश्नको जवाफ दिँदै मन्त्री लम्सालले आफ्नो उद्देश्य ठेकेदारलाई गाली गर्ने नभई काम गराउने मात्र रहेको दाबी गरे ।

Advertisement

केही दिनअघि पृथ्वी राजमार्गको मुग्लिन-मलेखु खण्ड अनुगमनका क्रममा बिजुलीको पोल नसारेको भन्दै मन्त्री लम्सालले निर्माण व्यवसायीको ‘खुट्टा भाँचिदिन’ भनेका थिए । त्यसअघि उनले ठेकेदार रमेश शर्मालाई प्रहरी लगाएर मन्त्रालयमा ल्याएका थिए ।

प्रतिनिधि सभा बैठकमा सांसद महरले मन्त्रीको यस्तो व्यवहारमाथि प्रश्न उठाउँदै सोधेका थिए, ‘ठेकेदारको खुट्टा भाँच्ने आदेश कानुन बमोजिम थियो कि थिएन ? दाहिने खुट्टा भाँच्ने हो कि देब्रे ? मन्त्रीको हैसियतमा यस्तो आदेश दिन मिल्छ ?’

सांसदको प्रश्नको सिधा जवाफ नदिई मन्त्री लम्सालले घुमाउरो पाराले आफ्नो बचाउ गरे । उनले ठेकेदारलाई थर्काउनुको पछाडि काम छिटो होस् भन्ने पवित्र उद्देश्य रहेको तर्क गरे । ‘ठेकेदार थर्काएको भन्ने कुरामा मेरो इन्टेन्सन (नियत) त्यो होइन । इन्टेन्सन नितान्त काम गरोस् भन्ने हो,’ मन्त्री लम्सालले भने, ‘काम भएन भने ठेक्का रद्द गर्नुपर्छ, बैंक ग्यारेन्टी जफत हुन्छ र सबै रकम असुल उपर गर्दा उनीलाई समेत गाह्रो पर्छ ।’

मन्त्री लम्सालले ठेक्का रद्द गर्दा देशमा काम गर्ने निर्माण कम्पनीहरूको संख्या घट्ने र त्यसले विकासमा बाधा पुग्ने बताए । उनले थपे, ‘५ करोडको प्रोजेक्ट रद्द भएर असुल उपर गर्दा उनीहरू उठ्नै नसक्ने गरी थला पर्न सक्छन् । त्यसैले बढीभन्दा बढी दबाब दिएर काम गराउन खोजेको हो । उनीहरूलाई (ठेकेदारलाई) बचाउनकै लागि दबाब दिएको हुँ ।’ मन्त्री लम्सालले काम नगर्ने ठेकेदारमाथि कठोर नभई काम फत्ते नहुने भन्दै आफ्नो व्यवहारको बचाउ पनि गरे ।

तपाइको प्रतिक्रिया
‘खुट्टा भाँचिदिने’अभिव्यक्तिमा मन्त्री लम्साल : नियत खराब छैन
पासपोर्ट खरिद प्रकरणमा अख्तियारलाई आरजुको इमेल : ‘उपचारमा छु, अनुसन्धानमा सहयोग गर्छु’
देशसँग पीरती लगाउँदा मन्त्री भए : महावीर पुन
सार्वजनिक संगीत प्रयोगमा रोयल्टी अनिवार्य, कोशी प्रदेशबाट संकलन सुरु
संसदमा विपक्षीको तीव्र आपत्ति, सरकारसँग स्पष्ट जवाफ माग
कोलम्बिया विजयी
बूढीगंगाको तेल उद्योगमा आगलागी, २५ लाख बराबरको क्षति
अमेरिका–इरानबीच १४ बुँदे सहमति, प्रतिबन्ध खुकुलो पार्ने र क्षेत्रीय तनाव घटाउने घोषणा
  सुनको मूल्य घट्यो 
सुनचाँदीको मूल्यमा गिरावट
हात्ती नियन्त्रणका लागि ‘स्पेसल टास्क फोर्स’ परिचालन हुँदै
हात्ती नियन्त्रणका लागि ‘स्पेसल टास्क फोर्स’ परिचालन हुँदै
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.