कक्षा १२ को परीक्षामा एभरेस्टका विद्यार्थी शतप्रतिशत उत्तीर्ण

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ असार ५, शुक्रबार १९:१८
कक्षा १२ को परीक्षामा एभरेस्टका विद्यार्थी शतप्रतिशत उत्तीर्ण

विराटनगर । विराटनगरस्थित एभरेस्ट माध्यमिक विद्यालयले कक्षा १२ को परीक्षामा शतप्रतिशत नतिजा निकाल्न सफल भएको छ। राष्ट्रिय परीक्षा बोर्डले सार्वजनिक गरेको नतिजा अनुसार एभरेस्टका सबै परीक्षार्थी उत्तीर्ण भएका हुन् ।

विद्यालयका प्रिन्सिपल टीकाराम पुरीका अनुसार यस वर्षको परीक्षामा कुल १३२ जना विद्यार्थी सहभागी भएका थिए र ती सबै उत्तीर्ण भएका छन् । शैक्षिक क्षेत्रमा ‘अब्बल’ पहिचान बनाएको एभरेस्टले विगतका वर्षहरूमा जस्तै यस पटक पनि आफ्नो उत्कृष्ट नतिजाको लयलाई कायम राखेको पुरीले बताए ।

Advertisement

‘हामीले प्रत्येक विद्यार्थीको शैक्षिक विकासका लागि समान रूपमा मेहनत गर्छौं, त्यसैको प्रतिफल स्वरूप सबै विद्यार्थी राम्रो अंकका साथ उत्तीर्ण भएका हुन्,’ प्रिन्सिपल पुरी भने । विद्यालय प्रशासनका अनुसार उत्तीर्ण १३२ विद्यार्थीमध्ये ‘ए प्लस’ ५७ जना, ‘ए’ ६६ जना र ‘बी प्लस’ ९ जनाले ल्याएका छन् ।

विद्यार्थीहरूमध्ये नेहा मण्डलले ३.९१ जीपीए र राजकुमार साहले ३.९ जीपीए ल्याएर उत्कृष्ट नतिजा हासिल गरेका छन् ।  यसका साथै एभरेस्टले यसै शैक्षिक सत्रदेखि बीआईटीको समेत अध्यापन सुरु गरेको जनाएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.