राष्ट्रिय माविमा सीप, सिर्जना र उद्यमशीलताको प्रदर्शनी

Share this
753shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ असार ६, शनिबार १३:२०
 राष्ट्रिय माविमा सीप, सिर्जना र उद्यमशीलताको प्रदर्शनी

इटहरी । इटहरी उपमहानगरपालिका–१ स्थित राष्ट्रिय माध्यमिक विद्यालयमा विद्यार्थीहरूको प्रतिभा, सीप र सिर्जनशीलता उजागर गर्ने उद्देश्यले आयोजित ‘उत्सव २०८३’ भव्य रूपमा सम्पन्न भएको छ । कार्यक्रमको उद्‌घाटन इटहरी उपमहानगरपालिकाका मेयर हेमकर्ण पौडेलले गरेका थिए ।

प्रदर्शनीमा विद्यालयका विज्ञान, व्यवस्थापन, शिक्षा, होटेल म्यानेजमेन्ट र सिभिल इन्जिनियरिङका विद्यार्थीसहित कक्षा १० सम्मका विद्यार्थीहरूले आफ्ना विषयगत तथा व्यवहारिक प्रतिभा प्रदर्शन गरेका थिए ।
कुल २८ वटा स्टलहरूमा शैक्षिक, वैज्ञानिक, साहित्यिक, प्राविधिक तथा उद्यमशीलतासँग सम्बन्धित सामग्रीहरू राखिएको थियो ।

विशेष गरी  ‘शिक्षाको संसारबाट कामको संसार’ परियोजनाअन्तर्गत विद्यार्थीहरूले सञ्चालन गरेका १० वटा आयमूलक स्टलहरू आकर्षणको केन्द्र बनेका थिए । इन्स्योर र हेल्भेटास परियोजनाको आर्थिक सहयोगमा प्रति समूह ५ हजार रुपैयाँ बीउ पुँजी पाएका विद्यार्थीहरूमध्ये लस्सी बिक्री गर्ने समूहले पहिलो दिनमै १४ हजार रुपैयाँ आम्दानी गर्न सफल भएको प्रधानाध्यापक सरनकुमार बस्नेतले जानकारी दिए । यस्तै  ‘कमाउँदै पढ्दै’ परियोजना अन्तर्गत विद्यार्थीहरूले उत्पादन गरेका कपीहरू पनि बिक्रीका लागि राखिएको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै मेयर हेमकर्ण पौडेलले विद्यालयले गुणस्तरीय र व्यवहारिक शिक्षाको नमुना प्रस्तुत गरेको भन्दै प्रशंसा गरे । उनले होटेल म्यानेजमेन्टको ल्याब सञ्चालनका लागि २५ लाख रुपैयाँ र एक जना अनुदान शिक्षक उपलब्ध गराउने घोषणा समेत गरे ।

सहायक प्रधानाध्यापक लक्ष्मीप्रसाद सुवेदी र कार्यक्रम संयोजक युवराज काफ्लेले यस्ता कार्यक्रमले विद्यार्थीमा रहेको सैद्धान्तिक ज्ञानलाई व्यवहारमा उतार्न र उनीहरूलाई आत्मनिर्भर बन्न प्रेरित गर्ने बताए । प्रदर्शनी अवलोकनका लागि स्थानीय बासिन्दा, अभिभावक र विभिन्न विद्यालयका विद्यार्थीहरूको ठुलो उपस्थिति रहेको थियो ।

उत्सवका अवसरमा स्काउट दिवस पारेर विद्यालयको स्काउट दलले रक्तदान कार्यक्रम समेत आयोजना गरेको थियो । कार्यक्रममा २६ जनाले रक्तदान गरेका थिए । विद्यालय व्यवस्थापन समिति अध्यक्ष कैलाश कार्कीको अध्यक्षतामा प्रदर्शनी र रक्तदान कार्यक्रम भएको थियो ।

तपाइको प्रतिक्रिया
रास्वपा सांसद खत्रीको अभिव्यक्तिप्रति पत्रकार महासंघको आपत्ति
९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ
नापी कार्यालयका सर्भेक्षकविरुद्ध अख्तियारद्वारा मुद्दा दायर
८०८ ग्राम खैरो हेरोइनसहित तीन भारतीय नागरिक पक्राउ
साढे दुई करोडभन्दा बढीको सुनका गहनासहित महिला पक्राउ
एन्फाका जोशी र पाण्डेको बन्दी प्रत्यक्षीकरण रिट खारेज
एन्फाका जोशी र पाण्डेको बन्दी प्रत्यक्षीकरण रिट खारेज
कोशीमा ५७७ वडामा कांग्रेस देउवा समूहको अधिवेशन
मोरङ-६ को अधिवेशनमा कुटपिटपछि कांग्रेसले फेर्यो संयोजक
माग सम्बोधन नभएपछि छात्रवृत्ति करारका चिकित्सक आन्दोलनमा
निजी क्षेत्रका लागि विद्युत् प्रसारण ग्रिड खुला
निजी क्षेत्रका लागि विद्युत् प्रसारण ग्रिड खुला
सीमा अपराध नियन्त्रणमा कडाइ गर्न सशस्त्र प्रहरी महानिरीक्षकको निर्देशन
सीमा अपराध नियन्त्रणमा कडाइ गर्न सशस्त्र प्रहरी महानिरीक्षकको निर्देशन
दमकबाट नक्कली भारतीय नोटसहित दुई भारतीय नागरिक पक्राउ
दमकबाट नक्कली भारतीय नोटसहित दुई भारतीय नागरिक पक्राउ
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×
Desktop Popup ImageMobile Popup Image×