८२ प्रतिशत विद्यार्थीलाई इन्जिनियरिङको लाइसेन्स 

Share this
770shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ असार २१, आइतबार १०:०१
८२ प्रतिशत विद्यार्थीलाई इन्जिनियरिङको लाइसेन्स 

विराटनगर । मोरङको बुढीगंगा गाउँपालिका–४ हात्तीमुढामा रहेको मनमोहन प्राविधिक विश्वविद्यालयका स्नातक तहका विद्यार्थीहरूले पहिलो प्रयासमै व्यावसायिक इन्जिनियर बन्ने सफलता प्राप्त गरेका छन् । नेपाल इन्जिनियरिङ परिषद्ले लिएको लाइसेन्स परीक्षामा विश्वविद्यालयको पहिलो समूहका ८२.३५ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका हुन् ।

विश्वविद्यालयको ‘स्कुल अफ इन्जिनियरिङ’ का प्रशासन प्रमुख महेश राईका अनुसार, चार वर्षे स्नातक तहको अध्ययन पूरा गरी लाइसेन्स परीक्षामा सहभागी भएका कुल १७ जना विद्यार्थीमध्ये १४ जना सफल भएका छन् । लाइसेन्स प्राप्त गरेसँगै उनीहरू अब आधिकारिक रूपमा व्यावसायिक इन्जिनियरिङ सेवाका लागि योग्य भएका छन् ।

परीक्षा विज्ञ इन्जिनियर युवराज चौधरीका अनुसार, सिभिल इन्जिनियरिङतर्फ परीक्षा दिएका १३ जनामध्ये ११ जना र इलेकट्रिकल एन्ड इलेकट्रोनिक्स इन्जिनियरिङतर्फ ४ जनामध्ये ३ जनाले पहिलो प्रयासमै सफलता हात पारेका हुन् ।

नेपाल इन्जिनियरिङ परिषद्को परीक्षा उत्तीर्ण गरी लाइसेन्स प्राप्त गर्ने विद्यार्थीहरूमा सिभिलतर्फ अविनाशकुमार साह, अमितकुमार यादव, अनिशा रुचाल, अंशु रौनियार, फणिज कटुवाल, हरि पौडेल, एमडी अबु मिया सुफियान, निर्मला दाहाल, सुदर्शन गिरी, शुभप्रभात काफ्ले र उमेश यादव रहेका छन् । यसैगरी, इलेकट्रिकल एन्ड इलेकट्रोनिक्सतर्फ रोशनकुमार मेहता, विश्वप्रसाद साह र लवनारायण राजवंशी सफल भएका छन् ।

कोशी प्रदेश सरकारले २०७६ सालमा स्थापना गरेको यस विश्वविद्यालयले २०७८ सालदेखि ‘स्कुल अफ इन्जिनियरिङ’ अन्तर्गत सिभिल र इलेकट्रिकल एन्ड इलेकट्रोनिक्स विषयमा चार वर्षे स्नातक तहको अध्यापन सुरु गरेको थियो ।

तपाइको प्रतिक्रिया
रास्वपा सांसद खत्रीको अभिव्यक्तिप्रति पत्रकार महासंघको आपत्ति
९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ
नापी कार्यालयका सर्भेक्षकविरुद्ध अख्तियारद्वारा मुद्दा दायर
८०८ ग्राम खैरो हेरोइनसहित तीन भारतीय नागरिक पक्राउ
साढे दुई करोडभन्दा बढीको सुनका गहनासहित महिला पक्राउ
एन्फाका जोशी र पाण्डेको बन्दी प्रत्यक्षीकरण रिट खारेज
एन्फाका जोशी र पाण्डेको बन्दी प्रत्यक्षीकरण रिट खारेज
कोशीमा ५७७ वडामा कांग्रेस देउवा समूहको अधिवेशन
मोरङ-६ को अधिवेशनमा कुटपिटपछि कांग्रेसले फेर्यो संयोजक
माग सम्बोधन नभएपछि छात्रवृत्ति करारका चिकित्सक आन्दोलनमा
निजी क्षेत्रका लागि विद्युत् प्रसारण ग्रिड खुला
निजी क्षेत्रका लागि विद्युत् प्रसारण ग्रिड खुला
सीमा अपराध नियन्त्रणमा कडाइ गर्न सशस्त्र प्रहरी महानिरीक्षकको निर्देशन
सीमा अपराध नियन्त्रणमा कडाइ गर्न सशस्त्र प्रहरी महानिरीक्षकको निर्देशन
दमकबाट नक्कली भारतीय नोटसहित दुई भारतीय नागरिक पक्राउ
दमकबाट नक्कली भारतीय नोटसहित दुई भारतीय नागरिक पक्राउ
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×
Desktop Popup ImageMobile Popup Image×