औषधि विज्ञानमा ‘एमफार्म’ कार्यक्रम सञ्चालन गर्दै मनमोहन प्राविधिक विश्वविद्यालय

Share this
771shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ असार २८, आइतबार १७:३२
औषधि विज्ञानमा ‘एमफार्म’ कार्यक्रम सञ्चालन गर्दै मनमोहन प्राविधिक विश्वविद्यालय

विराटनगर । कोशी प्रदेश सरकारद्वारा स्थापित मनमोहन प्राविधिक विश्वविद्यालयले औषधि विज्ञानमा स्नातकोत्तर तहको ‘एमफार्म’ कार्यक्रम सञ्चालन गर्ने तयारी थालेको छ । औषधि उत्पादन, नियमन, विश्लेषण र अनुसन्धानका लागि आवश्यक दक्ष जनशक्ति स्वदेशमै उत्पादन गर्ने लक्ष्यका साथ विश्वविद्यालयले यो पहल सुरु गरेको हो ।

विश्वविद्यालयको ‘स्कुल अफ मेडिसिन एन्ड एलाइड हेल्थ साइन्सेस’ अन्तर्गतको फार्मेसी विभागले आइतबार विराटनगरमा ‘एमफार्म इन फर्मास्युटिक्स करिकुलम डेभलपमेन्ट’ विषयक कार्यशाला आयोजना गरी सरोकारवालाहरूसँग पाठ्यक्रमबारे गहन छलफल गरेको छ ।

Advertisement

कार्यशालामा कार्यपत्र प्रस्तुत गर्दै पाठ्यक्रम विज्ञ डा. धर्मप्रसाद खनालले प्रस्तावित पाठ्यक्रमले औषधि विज्ञानमा व्यावसायिकता, नैतिकता र अनुसन्धानलाई प्राथमिकता दिने बताए । उनले यो कार्यक्रमले फार्मेसी क्षेत्रको नेतृत्व गर्न सक्ने र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कानुनहरूको विश्लेषण गर्न सक्ने जनशक्ति तयार पार्ने उल्लेख गरे ।
अर्का विज्ञ प्रा.डा. उत्तम बुढाथोकीले अन्तर्राष्ट्रिय मापदण्ड र नेपालका औषधि उद्योगहरूको आवश्यकतालाई केन्द्रमा राखेर पाठ्यक्रम निर्माण भइरहेको जानकारी दिए ।

नेपाल फार्मेसी काउन्सिलकी रजिस्ट्रार उषा तण्डुकारले नेपालमा औषधि विज्ञानका उच्च दक्ष जनशक्तिको ठुलो माग रहेको बताइन् । उनले भनिन्, ‘औषधि उद्योग, सरकारी नियामक निकाय, शिक्षण संस्था र अनुसन्धान प्रयोगशालाका लागि एमफार्म गरेका जनशक्तिको माग उच्च छ । काउन्सिलले एमफार्म उत्तीर्ण गर्नेहरूलाई सूचीकृत गर्न ऐन संशोधनको प्रक्रियासमेत अघि बढाएको छ ।’

औषधि उद्योगीहरू राजेश प्रसाईं र राजु अधिकारीले विश्वविद्यालयले उद्योगको आवश्यकता अनुसारको व्यावहारिक पाठ्यक्रम बनाएमा उत्पादित जनशक्तिलाई रोजगारी दिन उद्योगहरू तयार रहेको प्रतिबद्धता जनाए । यस्तै, औषधि व्यवस्था विभाग कोशीकी निमित्त प्रमुख संजिता बर्माले दक्ष जनशक्तिको अभावमा नियमनमा समेत कठिनाइ भइरहेको अवस्थामा मनमोहनको यो प्रयास सराहनीय भएको बताइन् ।

विश्वविद्यालयका रजिस्ट्रार डा. किशोर अधिकारीले सरोकारवालाका सुझावहरू समेटेर पाठ्यक्रमलाई अन्तिम रूप दिइने र देश सुहाउँदो उच्चस्तरीय शिक्षा प्रदान गरिने बताए । फार्मेसी विभागका संयोजक शाहिविजय रिजालले एमफार्म कार्यक्रमका लागि आवश्यक प्रयोगशाला र भौतिक पूर्वाधारहरू तयारी अवस्थामा रहेको र पाठ्यक्रम स्वीकृत हुनासाथ पठनपाठन सुरु गरिने जानकारी दिए ।

हाल यो विश्वविद्यालयमा स्नातक तहको ‘बीफार्म’ कार्यक्रम सञ्चालन भइरहेको छ । एमफार्म सुरु भएपछि औषधि विज्ञानमा उच्च शिक्षाका लागि विदेश जानुपर्ने बाध्यतामा कमी आउने विश्वास लिइएको छ । कार्यशालामा पूर्वाञ्चल विश्वविद्यालयका डीन श्यामकुमार मल्लिक, नेपाल फार्मेसी एसोसिएसन कोशीका सचिव दीपेन्द्र खड्कालगायतले पनि धारणा राखेका थिए ।

तपाइको प्रतिक्रिया
मोरङ–६ कांग्रेस अधिवेशन स्थलमा झडप, मनोनयन प्रक्रिया प्रभावित
मोरङ कांग्रेसद्वारा क्षेत्रीय अधिवेशनमा भएको झडपको भर्त्सना, निष्पक्ष छानबिनको माग 
विकास निर्माणका समस्या समाधान गर्न कानुन संशोधनको तयारी
प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १६ अर्ब १५ करोड
व्यवसायीका समस्या र सार्वजनिक–निजी साझेदारीमा जोड: अध्यक्ष श्रेष्ठ
व्यवसायीका समस्या र सार्वजनिक–निजी साझेदारीमा जोड: अध्यक्ष श्रेष्ठ
बाढीपछि सम्पर्कविहीन न्यौपाने दम्पतीको अन्त्येष्टि गर्दै परिवार
बाढीपछि सम्पर्कविहीन न्यौपाने दम्पतीको अन्त्येष्टि गर्दै परिवार
सामाजिक सञ्जालको दुरुपयोग नियन्त्रण गर्न कानुनी सुधार हुँदै
सामाजिक सञ्जालको दुरुपयोग नियन्त्रण गर्न कानुनी सुधार हुँदै
भुटानी शरणार्थीका सन्तानलाई अमेरिका जाने अनुमति दिन सर्वोच्चको परमादेश
भुटानी शरणार्थीका सन्तानलाई अमेरिका जाने अनुमति दिन सर्वोच्चको परमादेश
लायन्स क्लब विराटनगर रेन्बोको स्थापना दिवसमा सामाजिक सेवा
लायन्स क्लब विराटनगर रेन्बोको स्थापना दिवसमा सामाजिक सेवा
पदकधारी कराँते खेलाडी स्वदेश फिर्ता
क्षतिग्रस्त जलविद्युत् आयोजना पुनःनिर्माणमा ३ खर्ब ९० अर्बसम्म लाग्ने
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×
Desktop Popup ImageMobile Popup Image×