३७ हजार ९ सय २० किलो खरबुजाको बिउ बरामद

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ असार २९, सोमबार १३:५४

झापा । झापाको भद्रपुर नगरपालिका–३ ज्ञानचोकस्थित भीमलाल सुवेदीको घरमा अवैध हिसाबले भण्डारण गरिएको ठूलो परिमाणमा खरबुजाको बिउ बरामद भएको छ ।

गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय झापाबाट एसपी बसुन्धरा खड्काको नेतृत्वमा खटिएको टोलीले आइतबार साँझ सुवेदीको घरमा छापा हानेको थियो । त्यस क्रममा सुवेदीको घरका दुईवटा कोठा खानतलासी गर्दा ९ सय ४८ बोरा बिउ फेला परेको थियो ।

प्रतिबोरा ४० किलोका दरले ३७ हजार ९ सय २० किलो खरबुजाको बिउ बरामद गरिएको छ । बरामद गरिएको बिउ आवश्यक कारबाहीका लागि भद्रपुर भन्सार कार्यालयमा बुझाइएको प्रहरीले जनाएको छ । प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.