विराटनगरमा पहिलोपटक उद्योग समिति बैठक, उद्योगीका समस्या समाधानमा जोड

Share this
741shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ आश्विन १८, आइतबार १२:५५
विराटनगरमा पहिलोपटक उद्योग समिति बैठक, उद्योगीका समस्या समाधानमा जोड

विराटनगर । नेपाल उद्योग वाणिज्य महासंघको उद्योग समितिको बैठक पहिलोपटक काठमाडौँबाहिर विराटनगरमा सम्पन्न भएको छ । उद्योग संगठन मोरङको सचिवालयमा आयोजित बैठकमा कोशी प्रदेशका उद्योगी–व्यवसायीले भोगिरहेका समस्या, चुनौती तथा समाधानका उपायबारे छलफल गरिएको छ ।

उद्योग संगठन मोरङका अध्यक्ष नन्दकिशोर राठीले काठमाडौँबाहिर आएर उद्योगी–व्यवसायीका समस्या प्रत्यक्ष सुन्ने महासंघको अभ्यासले निजी क्षेत्रको वास्तविक अवस्थालाई राष्ट्रिय नीतिगत बहससँग जोड्न महत्त्वपूर्ण सहयोग पुग्ने बताए । महासंघले निजी क्षेत्रको सामूहिक आवाजका रूपमा उद्योग–व्यवसाय क्षेत्रका समस्या तथ्य, तथ्यांक, अनुसन्धान तथा समाधानका विकल्पसहित सरकारसमक्ष प्रस्तुत गर्नुपर्नेमा उनले जोड दिए ।

अध्यक्ष राठीले कमजोर बजार माग, उच्च उत्पादन लागतलगायतका समस्याको समाधानका लागि सरकार र निजी क्षेत्रबीच परिणाममुखी संवाद आवश्यक रहेको बताए । औद्योगिक वातावरण सुधारका लागि नीतिगत तहमा ठोस पहल हुनुपर्ने उनको भनाइ थियो ।

बैठकका सभापति तथा उद्योग समितिका सभापति उज्जल श्रेष्ठले उद्योगी–व्यवसायीका समस्या प्रत्यक्ष रूपमा सुन्ने, उद्योग भ्रमण गर्ने तथा स्थानीय तहमा देखिएका समस्या नीतिगत तहमा पुर्‍याउने अभ्यासलाई समितिले निरन्तरता दिने बताए । काठमाडौँबाहिर आएर उद्योगी–व्यवसायीको वास्तविक अवस्था बुझ्दा महासंघले सरकारलाई दिने सुझावमा स्थानीय समस्या र अनुभव समेट्न सहज हुने उनको भनाइ थियो ।

श्रेष्ठले उद्योग संगठन मोरङले सञ्चालन गरेका विराट बजार डटकम, बिजनेस क्लिनिक, इन्डस्ट्री एक्सपिरियन्स जोन तथा बिजनेस इन्क्युबेसन सेन्टरजस्ता पहलको प्रशंसा गर्दै यस्ता कार्यक्रमले उद्योग प्रवद्र्धन, नवप्रवर्तन तथा बजार विस्तारमा महत्त्वपूर्ण भूमिका खेल्ने बताए ।

नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशका अध्यक्ष राजेन्द्र राउतले कमजोर बजार माग, घट्दो लगानी, व्यावसायिक मनोबलमा आएको कमी तथा पूर्वाधारको अभावजस्ता चुनौती उद्योग–व्यवसाय क्षेत्रले भोगिरहेको बताए । उद्योगीको मनोबल बढाउने, लगानीमैत्री वातावरण निर्माण गर्ने र उत्पादन लागत घटाउने गरी नीतिगत सुधार आवश्यक रहेको उनको भनाइ थियो ।

मोरङ उद्योग व्यापार संघका अध्यक्ष अनिल साहले औद्योगिक क्षेत्रको पुनरुत्थान, नीतिगत स्थायित्व, औद्योगिक पूर्वाधार तथा निर्यात प्रवर्द्धनका विषयलाई महासंघले प्राथमिकताका साथ अघि बढाउनुपर्नेमा जोड दिए ।

बैठकमा नेपाल उद्योग वाणिज्य महासंघ उद्योग समितिका उपसभापति सुयश प्याकुरेल, ऋषि अग्रवालसहित समितिका सदस्य, उद्योग संगठन मोरङका पदाधिकारी तथा कार्यसमिति सदस्यहरूको सहभागिता रहेको थियो ।

तपाइको प्रतिक्रिया
तेस्रो मिस्टर कञ्चनजंघा शारीरिक सुगठन प्रतियोगिताको तयारी पूरा
तेस्रो मिस्टर कञ्चनजंघा शारीरिक सुगठन प्रतियोगिताको तयारी पूरा
जितियाको निराहार व्रत तोड्दै महिलाले गरे पर्व समापन
अपहरणमा संलग्न युवक प्रहरीमाथि जाइलागेपछि गोली चलाइयो
जसपा नेपालका चार नेताको सामूहिक राजीनामा: ‘हुंकार मधेश’ अभियानमा सक्रिय 
जसपा नेपालका चार नेताको सामूहिक राजीनामा: ‘हुंकार मधेश’ अभियानमा सक्रिय 
मोरङमा ४६ सय संस्थाको अभिलेख खोतल्दै प्रशासन, नयाँ दर्ता पनि रोकियो
विराटनगरमा पहिलोपटक उद्योग समिति बैठक, उद्योगीका समस्या समाधानमा जोड
विराटनगरमा पहिलोपटक उद्योग समिति बैठक, उद्योगीका समस्या समाधानमा जोड
कांग्रेसको सहमहामन्त्रीमा तीन महिला नेतृको उम्मेदवारी घोषणा
भोजपुरमा साकेवाथान निर्माण: किराँत संस्कृति र परम्परा नयाँ पुस्तामा पुस्तान्तरण गरिँदै
भोजपुरमा साकेवाथान निर्माण: किराँत संस्कृति र परम्परा नयाँ पुस्तामा पुस्तान्तरण गरिँदै
कांग्रेसको नयाँ नेतृत्वका लागि कागजी मतदान
कांग्रेसको नयाँ नेतृत्वका लागि कागजी मतदान
किभ नजान र सहर छाड्न विदेशी नागरिकलाई रुसको चेतावनी
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×
Desktop Popup ImageMobile Popup Image×