चिकित्सा शिक्षा सुधारको माग राख्दै डा. गोविन्द केसीको २४ औँ सत्याग्रह आजदेखि 

Share this
782shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ श्रावण ७, बिहीबार १२:३२
चिकित्सा शिक्षा सुधारको माग राख्दै डा. गोविन्द केसीको २४ औँ सत्याग्रह आजदेखि 

धनगढी । चिकित्सा शिक्षा र स्वास्थ्य क्षेत्रमा देखिएका चरम नीतिगत विचलनका विरुद्ध र सुशासन कायम गर्ने माग राख्दै डा. गोविन्द केसीले आज (बिहीबार) देखि धनगढीमा आफ्नो २४ औँ सत्याग्रह सुरु गर्दै छन् । धनगढीस्थित कृष्ण मन्दिरमा दिउँसो ३ बजेदेखि उनले अनशन सुरु गर्न लागेका हुन् ।

राष्ट्रिय चिकित्सा शिक्षा ऐन, २०७५ ले आगामी २०८५ सालभित्र चिकित्सा शिक्षालाई पूर्ण रूपमा गैर नाफामूलक बनाउने मार्गचित्र तय गरे पनि वर्तमान सरकारले यसको कार्यान्वयनमा कुनै तत्परता नदेखाएको डा। केसीको आरोप छ।

Advertisement

डा. केसीले अघि सारेका ५ बुँदे मुख्य मागहरू स्थापित नियम र मूल्यमान्यता विपरीत स्वार्थको द्वन्द्व हुने गरी दशरथ चन्द मेडिकल विश्वविद्यालय र चिकित्सा शिक्षा आयोगमा गरिएका नियुक्तिहरू तत्काल बदर गरी ऐनका विवादित प्रावधानहरू संशोधन गरिनुपर्ने ।

चिकित्सा शिक्षा आयोगमार्फत छात्रवृत्ति कटौती गर्ने र पर्याप्त पूर्वाधार बिना निजी कलेजहरूमा सिट वृद्धि गर्ने प्रस्तावहरू तत्काल खारेज गरिनुपर्ने । चिकित्सा शिक्षालाई पूर्ण गैर नाफामूलक बनाउने कानुनी प्रावधानको शीघ्र कार्यान्वयन र विगतका सरकारहरूसँग भएका लिखित सहमतिहरूको पालना हुनुपर्ने ।

त्यस्तै, सुदूरपश्चिम लगायत सीमावर्ती क्षेत्रका नागरिकहरूको स्वास्थ्य, शिक्षा र रोजगारीका लागि छिमेकी मुलुकसँगको परनिर्भरता अन्त्य गर्न आवश्यक पूर्वाधार र सेवाहरूको प्राथमिकताका साथ विस्तार गरिनुपर्ने तथा २०८२ भदौमा भएका जघन्य घटनाका दोषीहरूलाई कारबाही गरिनुपर्ने र २०४६ सालदेखि हालसम्म उच्च पदस्थ राजनीतिज्ञ र पदाधिकारीहरूबाट भएका भ्रष्टाचार एवं अपराधको निष्पक्ष छानबिन गरी दोषीलाई कारबाही गरिनुपर्ने माग राखेका छन् ।
डा. केसीले आफ्ना मागहरू पूरा गर्न सरकारलाई २०८३ साउन ५ गतेसम्मको समय सीमा दिएका थिए । सरकारले उक्त समय सीमालाई बेवास्ता गरेपछि बाध्य भएर पुनः सत्याग्रह सुरु गर्नुपरेको उनले बताए ।

सत्याग्रहको घोषणा गर्दै डा. केसीले भने, ‘जनताको स्वास्थ्य अधिकार र चिकित्सा शिक्षाको सुधारका लागि सरकारको संवेदनहीनताका कारण म साउन ७ गतेदेखि पुनः सत्याग्रह सुरु गर्दै छु। यसबाट उत्पन्न हुने जुनसुकै विषम परिस्थितिको शतप्रतिशत जिम्मेवार वर्तमान सरकार नै हुनेछ।’

तपाइको प्रतिक्रिया
मोरङ–६ कांग्रेस अधिवेशन स्थलमा झडप, मनोनयन प्रक्रिया प्रभावित
मोरङ कांग्रेसद्वारा क्षेत्रीय अधिवेशनमा भएको झडपको भर्त्सना, निष्पक्ष छानबिनको माग 
विकास निर्माणका समस्या समाधान गर्न कानुन संशोधनको तयारी
प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १६ अर्ब १५ करोड
व्यवसायीका समस्या र सार्वजनिक–निजी साझेदारीमा जोड: अध्यक्ष श्रेष्ठ
व्यवसायीका समस्या र सार्वजनिक–निजी साझेदारीमा जोड: अध्यक्ष श्रेष्ठ
बाढीपछि सम्पर्कविहीन न्यौपाने दम्पतीको अन्त्येष्टि गर्दै परिवार
बाढीपछि सम्पर्कविहीन न्यौपाने दम्पतीको अन्त्येष्टि गर्दै परिवार
सामाजिक सञ्जालको दुरुपयोग नियन्त्रण गर्न कानुनी सुधार हुँदै
सामाजिक सञ्जालको दुरुपयोग नियन्त्रण गर्न कानुनी सुधार हुँदै
भुटानी शरणार्थीका सन्तानलाई अमेरिका जाने अनुमति दिन सर्वोच्चको परमादेश
भुटानी शरणार्थीका सन्तानलाई अमेरिका जाने अनुमति दिन सर्वोच्चको परमादेश
लायन्स क्लब विराटनगर रेन्बोको स्थापना दिवसमा सामाजिक सेवा
लायन्स क्लब विराटनगर रेन्बोको स्थापना दिवसमा सामाजिक सेवा
पदकधारी कराँते खेलाडी स्वदेश फिर्ता
क्षतिग्रस्त जलविद्युत् आयोजना पुनःनिर्माणमा ३ खर्ब ९० अर्बसम्म लाग्ने
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×
Desktop Popup ImageMobile Popup Image×