मधेशमा एमबीबीएस परीक्षा स्थगित

Share this
698shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ श्रावण १५, शुक्रबार ०९:२४

काठमाडौं । पछिल्लो समय फैलिएको हिंसाका कारण त्रिभुवन विश्वविद्यालयले मधेश प्रदेशका ११ वटा परीक्षा केन्द्रमा सञ्चालन हुने एमबीबीएस परीक्षा अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरेको छ ।

मधेश प्रदेशका विभिन्न जिल्लामा सिर्जित असहज परिस्थितिका कारण परीक्षा रोक्नु परेको त्रिभुवन विश्वविद्यालयका रजिस्ट्रार महानन्द चालिसेले जानकारी दिएका छन् । उनका अनुसार अवस्था सामान्य नभएकाले यस्तो निर्णय गरिएको हो ।

स्थगित भएका परीक्षा केन्द्रमा जनकपुरको रामस्वरुप रामसागर बहुमुखी क्याम्पस, मलंगवाको सर्लाही क्याम्पस, लालबन्दीको जनज्योति बहुमुखी क्याम्पस, सिरहाको सूर्यनारायण सत्यनारायण मोरवैता यादव क्याम्पस, लहानको जेएस मुरारका बहुमुखी क्याम्पस, राजविराजको महेन्द्र बिन्देश्वरी बहुमुखी क्याम्पस, सप्तरीको कञ्चनपुरस्थित नेशनल पिपुल कलेज, चन्द्रनिगाहपुरको जनज्योति बहुमुखी क्याम्पस, गौरको गौरीशंकर यादव रौतहट क्याम्पस, बाराको सिमरा कलेज र वीरगञ्जको ठाकुरराम बहुमुखी क्याम्पस रहेका छन् ।

विश्वविद्यालयका अनुसार अन्य सबै परीक्षा केन्द्रमा भने पूर्वनिर्धारित तालिकाअनुसार परीक्षा सञ्चालन हुनेछ । स्थगित परीक्षाको नयाँ तालिका यथाशीघ्र सार्वजनिक गरिने सहायक डीन डा. भरत राईद्वारा जारी सूचनामा उल्लेख गरिएको छ ।

तपाइको प्रतिक्रिया
रास्वपा सांसद खत्रीको अभिव्यक्तिप्रति पत्रकार महासंघको आपत्ति
९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ
नापी कार्यालयका सर्भेक्षकविरुद्ध अख्तियारद्वारा मुद्दा दायर
८०८ ग्राम खैरो हेरोइनसहित तीन भारतीय नागरिक पक्राउ
साढे दुई करोडभन्दा बढीको सुनका गहनासहित महिला पक्राउ
एन्फाका जोशी र पाण्डेको बन्दी प्रत्यक्षीकरण रिट खारेज
एन्फाका जोशी र पाण्डेको बन्दी प्रत्यक्षीकरण रिट खारेज
कोशीमा ५७७ वडामा कांग्रेस देउवा समूहको अधिवेशन
मोरङ-६ को अधिवेशनमा कुटपिटपछि कांग्रेसले फेर्यो संयोजक
माग सम्बोधन नभएपछि छात्रवृत्ति करारका चिकित्सक आन्दोलनमा
निजी क्षेत्रका लागि विद्युत् प्रसारण ग्रिड खुला
निजी क्षेत्रका लागि विद्युत् प्रसारण ग्रिड खुला
सीमा अपराध नियन्त्रणमा कडाइ गर्न सशस्त्र प्रहरी महानिरीक्षकको निर्देशन
सीमा अपराध नियन्त्रणमा कडाइ गर्न सशस्त्र प्रहरी महानिरीक्षकको निर्देशन
दमकबाट नक्कली भारतीय नोटसहित दुई भारतीय नागरिक पक्राउ
दमकबाट नक्कली भारतीय नोटसहित दुई भारतीय नागरिक पक्राउ
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×
Desktop Popup ImageMobile Popup Image×