सामाजिक सद्भाव र कानुनी शासनका लागि विद्यार्थीको भूमिका महत्त्वपूर्ण: मन्त्री पराजुली

Share this
756shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ श्रावण १६, शनिबार १९:३६
सामाजिक सद्भाव र कानुनी शासनका लागि विद्यार्थीको भूमिका महत्त्वपूर्ण: मन्त्री पराजुली

विराटनगर । कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री इन्द्रमणि पराजुलीले सामाजिक सद्भाव, राष्ट्रिय एकता र कानुनी शासनलाई बलियो बनाउन कानुनका विद्यार्थीहरूले नेतृत्वदायी भूमिका खेल्नुपर्ने बताएका छन् ।

शनिबार विराटनगरस्थित डिग्री क्याम्पसमा आयोजित एलएलबी कार्यक्रमको अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री पराजुलीले सो कुरा बताएका हुन् । उनले संविधान र कानुनको प्रभावकारी कार्यान्वयनका लागि देशलाई सक्षम, जिम्मेवार र नैतिकवान् कानुनी जनशक्ति आवश्यक रहेकोमा जोड दिए ।

‘नेपाल वीर पुर्खाहरूको त्यागले जोगिएको गौरवपूर्ण इतिहास बोकेको राष्ट्र हो,’ मन्त्री पराजुलीले भने, ‘अहिले समाजमा देखिएका चुनौतीहरूलाई हामीले आपसी एकता र सहकार्यबाटै समाधान गर्नुपर्छ ।’ पछिल्लो समय सामाजिक सद्भावमा असर पुग्ने खालका गतिविधि देखिन थालेकोमा चिन्ता व्यक्त गर्दै उनले सबै नागरिकलाई सचेत रहन आग्रह गरे ।

नेपालको संविधानलाई नागरिक स्वतन्त्रता र मानव अधिकार सुनिश्चित गर्ने प्रगतिशील दस्ताबेजको रूपमा व्याख्या गर्दै मन्त्री पराजुलीले संघीयता कार्यान्वयनसँगै सुशासन र समृद्धिको आधार बलियो बन्दै गएको बताए । उनले भने, ‘कानुनको अध्ययन केवल जागिर खानका लागि मात्र नभई समाजमा न्याय र विधिको शासन स्थापित गर्ने एउटा पवित्र अभियान पनि हो ।’

यस वर्षदेखि डिग्री क्याम्पसमा सुरु भएको एलएलबी कार्यक्रममा ३ सय जना विद्यार्थी भर्ना भएका छन् । क्याम्पस प्रमुख ढकबहादुर मगरले साउन २५ गतेदेखि रात्रिकालीन सत्रमा कक्षा सञ्चालन हुने जानकारी दिए ।

कार्यक्रममा क्याम्पसका सहायक प्रमुख मिलन खरेल, प्रा.डा. शिवकुमार राई, कार्यक्रम संयोजक शान्तिराम भण्डारी, प्राध्यापक संघका सभापति राम पोखरेल, स्ववियू सभापति प्रितम साह लगायतले कानुन शिक्षाको महत्वबारे आआफ्नो धारणा राखेका थिए ।

तपाइको प्रतिक्रिया
रास्वपा सांसद खत्रीको अभिव्यक्तिप्रति पत्रकार महासंघको आपत्ति
९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ
नापी कार्यालयका सर्भेक्षकविरुद्ध अख्तियारद्वारा मुद्दा दायर
८०८ ग्राम खैरो हेरोइनसहित तीन भारतीय नागरिक पक्राउ
साढे दुई करोडभन्दा बढीको सुनका गहनासहित महिला पक्राउ
एन्फाका जोशी र पाण्डेको बन्दी प्रत्यक्षीकरण रिट खारेज
एन्फाका जोशी र पाण्डेको बन्दी प्रत्यक्षीकरण रिट खारेज
कोशीमा ५७७ वडामा कांग्रेस देउवा समूहको अधिवेशन
मोरङ-६ को अधिवेशनमा कुटपिटपछि कांग्रेसले फेर्यो संयोजक
माग सम्बोधन नभएपछि छात्रवृत्ति करारका चिकित्सक आन्दोलनमा
निजी क्षेत्रका लागि विद्युत् प्रसारण ग्रिड खुला
निजी क्षेत्रका लागि विद्युत् प्रसारण ग्रिड खुला
सीमा अपराध नियन्त्रणमा कडाइ गर्न सशस्त्र प्रहरी महानिरीक्षकको निर्देशन
सीमा अपराध नियन्त्रणमा कडाइ गर्न सशस्त्र प्रहरी महानिरीक्षकको निर्देशन
दमकबाट नक्कली भारतीय नोटसहित दुई भारतीय नागरिक पक्राउ
दमकबाट नक्कली भारतीय नोटसहित दुई भारतीय नागरिक पक्राउ
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×
Desktop Popup ImageMobile Popup Image×