एभरेष्ट स्कुलको हाइकिङः प्रकृति र एकताको खुला पाठशाला

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ श्रावण १७, आइतबार १६:३८
एभरेष्ट स्कुलको हाइकिङः प्रकृति र एकताको खुला पाठशाला

विराटनगर । भ्रमण केवल मनोरञ्जन र तस्विर खिच्ने माध्यम मात्र नभई जीवनकै अविस्मरणीय सिकाइ बन्न सक्छ भन्ने उदाहरण विराटनगरस्थित एभरेष्ट स्कुलका विद्यार्थीहरूले प्रस्तुत गरेका छन् । विद्यालयको कक्षा १२ मा अध्ययनरत विद्यार्थीहरूले मोरङको लेटाङ नगरपालिका–१ स्थित ऐतिहासिक तथा प्राकृतिक पर्यटकीय स्थल ‘राजारानी’ क्षेत्रको एकदिने शैक्षिक हाइकिङ सम्पन्न गरेका हुन् ।

शनिबार बिहान लेटाङ–२ को किराँत चोकबाट सुरु भएको पदयात्रा चुरे पहाडको उकालो छिचोल्दै राजारानी ताल पुगेको थियो । करिब डेढ घण्टाको पैदल यात्राका क्रममा विद्यार्थीहरूले चुरेको हरियाली, चराचुरुंगीको आवाज र प्राकृतिक सौन्दर्यको प्रत्यक्ष अनुभव गरे । राजारानी तालमा पानीभित्र उम्रिएका सिमालीका रूख र त्यसमा झुन्डिएका ४६ प्रजातिका सुनाखरी (अर्किड) ले विद्यार्थीहरूलाई मन्त्रमुग्ध बनाएको थियो ।

Advertisement

भ्रमणका क्रममा विद्यार्थीहरूले प्रकृतिका साथै इतिहास र संस्कृतिको पनि नजिकबाट साक्षात्कार गरे । राजारानी सामुदायिक वनका अध्यक्ष सुजन मगरले यस क्षेत्रलाई अजिंगरहरूको राजधानी र धिमाल समुदायको उद्गमस्थलका रूपमा चिनाउँदै यसको ऐतिहासिक महत्वबारे जानकारी गराए । विद्यार्थी निश्चल न्यौपानेले यस यात्रालाई ‘खुला विश्वविद्यालय’ को संज्ञा दिँदै पुस्तकमा पढेका कुराहरूलाई प्रत्यक्ष देख्न पाउँदा उत्साह थपिएको बताए ।

यस भ्रमणको अर्काे मुख्य आकर्षण लेटाङ नगरपालिकाद्वारा निर्मित ‘अन्तरधार्मिक पार्क’ बन्यो । हिन्दु, बौद्ध, किराँत, इस्लाम र इसाई धर्मबीच सद्भाव र सहअस्तित्वको सन्देश दिने यो पार्कले नेपाली समाजको ‘विविधतामा एकता’ को तस्विर झल्काएको थियो । लेटाङ नगरपालिकाका प्रमुख भूपेन्द्र लावती र उपप्रमुख कृष्णकुमारी निरौलाले विद्यार्थीहरूलाई स्वागत गर्दै राजारानी क्षेत्र साइबेरियन चराहरूको विश्रामस्थल र जैविक अनुसन्धानको केन्द्र बन्दै गएको जानकारी दिए । 

विद्यालयका प्रिन्सिपल टीकाराम पुरीले एभरेष्ट स्कुलले सिकाइलाई कक्षा कोठाको चार पर्खालभित्र मात्र सीमित नराखी व्यवहारिक ज्ञानसँग जोड्न यस्ता कार्यक्रम आयोजना गर्दै आएको बताए । शिक्षक ऋषभ पाण्डे र विद्यार्थी प्रदान ढकालका अनुसार यो यात्राले शिक्षक–विद्यार्थीको सम्बन्धलाई थप प्रगाढ बनाउनुका साथै सामाजिक सद्भाव र वातावरणीय संरक्षणको पाठ समेत सिकाएको छ ।

प्रकृतिसँगको संवाद, इतिहासको खोजी र एकताको सन्देश बोकेको यो हाइकिङ विद्यार्थीहरूका लागि ज्ञान र प्रेरणाको एउटा अमूल्य अवसर सावित भयो ।

तपाइको प्रतिक्रिया
दुर्गा प्रसाईँद्वारा राजसंस्था पुनर्बहालीका लागि आन्दोलनको घोषणा
मानव-हात्ती द्वन्द्वले झापामा ८० जनाको ज्यान गयो
सुस्तामा नेपाली भूमि पसेर एसएसबीले भत्कायो निर्माणाधीन बाँध
धार्मिक-जातीय द्वेष फैलाएको आरोपमा पक्राउ
पुरानै लयमा फर्किदै सुनसरी, सडकदेखि बजारसम्म बढ्यो चहलपहल
एभरेष्ट स्कुलको हाइकिङः प्रकृति र एकताको खुला पाठशाला
एभरेष्ट स्कुलको हाइकिङः प्रकृति र एकताको खुला पाठशाला
कर्पोरेट क्रिकेट लिगको तेस्रो सिजन भदौ १८ देखि हुने
देवानगन्जमा जनप्रतिनिधि र प्रहरीको पहलपछि भिड साम्य, घाइते महिलाको विराटनगरमा उपचार हुँदै
उदयपुरमा पोखरीमा डुबेर बेपत्ता भएकी बालिका मृत फेला
उदयपुरमा पोखरीमा डुबेर बेपत्ता भएकी बालिका मृत फेला
नेपाल बारले सुरु गर्‍यो देवानगन्ज घटनाको स्थलगत अध्ययन
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.