झापाका विद्यालयमा सुरक्षा अभियान: सिसी क्यामेरा जडान सुरु

Share this
707shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ श्रावण २०, बुधबार ०९:१०
झापाका विद्यालयमा सुरक्षा अभियान: सिसी क्यामेरा जडान सुरु

झापा । विद्यालय परिसरमा हुने लागूऔषध दुर्व्यसन र अवाञ्छित गतिविधि नियन्त्रण गर्न झापाको बाह्रदशी गाउँपालिकामा एक विशेष अभियान सुरु गरिएको छ।  ‘सामुदायिक विद्यालयलाई सुरक्षित र दुर्व्यसनमुक्त बनाउने’ दीर्घकालीन लक्ष्यका साथ विद्यालयहरूमा सिसी क्यामेरा जडान गर्न थालिएको हो।

अभियानको सुरुवात बाह्रदशी–२ स्थित भगवती आधारभूत विद्यालयबाट गरिएको छ। यो अभियानमा पूर्वविद्यार्थी र व्यवसायीहरूले सामाजिक उत्तरदायित्व वहन गरेका छन् । एभरेस्ट हाइपर मार्केटका सञ्चालक तथा पूर्वविद्यार्थी चान मोहम्मदले विद्यालयलाई चार वटा सिसी क्यामेरा सहयोग गरेसँगै अभियानको औपचारिक शुभारम्भ भएको हो ।
अभियानको उद्‌घाटन गर्दै जिल्ला प्रहरी कार्यालय झापाकी प्रहरी उपरीक्षक (एसपी) वशुन्धरा खड्काले विद्यालयमा जडान गरिएका सिसी क्यामेरालाई  ‘बिना बर्दीका प्रहरी’ को संज्ञा दिइन् । ‘प्रहरी हरसमय सबै ठाउँमा पुग्न सक्दैन, तर प्रविधिको यो निगरानीले अपराध हुनुअघि नै रोकथाम गर्न र दोषीलाई कानुनी दायरामा ल्याउन ठुलो मद्दत पुग्छ,’ उनले भनिन् ।

विद्यालयका प्रधानाध्यापक घनश्याम उप्रेतीका अनुसार विद्यालय समयभन्दा अघि र पछि बाहिरी व्यक्तिहरू विद्यालय छिरेर लागूऔषध सेवन गर्ने र भौतिक सम्पत्तिमा क्षति पुर्‍याउने क्रम बढेपछि यो कदम चालिएको हो । विद्यालयलाई सुरक्षित बनाउँदा विद्यार्थीमा अनुशासन र अभिभावकमा भरोसा बढ्ने विश्वास लिइएको छ ।

कार्यक्रमका अध्यक्ष एवं वडाध्यक्ष भीमबहादुर कार्कीले बाह्रदशी गाउँपालिकाभित्रका सबै १६ वटा सामुदायिक विद्यालयमा क्रमशः सिसी क्यामेरा जडान गरिने जानकारी दिए । अभियानलाई साथ दिँदै अर्का पूर्वविद्यार्थी एवं प्रधानाध्यापक थीरकुमार दाहालले थप एक थान आईपी क्यामेरा उपलब्ध गराउने घोषणा गरेका छन् ।
कार्यक्रममा इलाका प्रहरी कार्यालय राजगढका प्रमुख जबरबहादुर बस्नेत, समाजसेवी अमृतबहादुर बुढाथोकी लगायत स्थानीय जनप्रतिनिधि र शिक्षाप्रेमीहरूको उपस्थिति थियो । विद्यालयले अभियानमा सहयोग गर्ने दाताहरूलाई सम्मान समेत गरेको छ । यो अभियानले प्रहरी, विद्यालय र समुदायबीचको सहकार्यको उत्कृष्ट नमुना प्रस्तुत गरेको छ ।

तपाइको प्रतिक्रिया
रास्वपा सांसद खत्रीको अभिव्यक्तिप्रति पत्रकार महासंघको आपत्ति
९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ
नापी कार्यालयका सर्भेक्षकविरुद्ध अख्तियारद्वारा मुद्दा दायर
८०८ ग्राम खैरो हेरोइनसहित तीन भारतीय नागरिक पक्राउ
साढे दुई करोडभन्दा बढीको सुनका गहनासहित महिला पक्राउ
एन्फाका जोशी र पाण्डेको बन्दी प्रत्यक्षीकरण रिट खारेज
एन्फाका जोशी र पाण्डेको बन्दी प्रत्यक्षीकरण रिट खारेज
कोशीमा ५७७ वडामा कांग्रेस देउवा समूहको अधिवेशन
मोरङ-६ को अधिवेशनमा कुटपिटपछि कांग्रेसले फेर्यो संयोजक
माग सम्बोधन नभएपछि छात्रवृत्ति करारका चिकित्सक आन्दोलनमा
निजी क्षेत्रका लागि विद्युत् प्रसारण ग्रिड खुला
निजी क्षेत्रका लागि विद्युत् प्रसारण ग्रिड खुला
सीमा अपराध नियन्त्रणमा कडाइ गर्न सशस्त्र प्रहरी महानिरीक्षकको निर्देशन
सीमा अपराध नियन्त्रणमा कडाइ गर्न सशस्त्र प्रहरी महानिरीक्षकको निर्देशन
दमकबाट नक्कली भारतीय नोटसहित दुई भारतीय नागरिक पक्राउ
दमकबाट नक्कली भारतीय नोटसहित दुई भारतीय नागरिक पक्राउ
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×
Desktop Popup ImageMobile Popup Image×