मातृभाषा शिक्षामा माङसेबुङको फड्को: ११ विद्यालयमा लिम्बू र बान्तवा भाषा अनिवार्य

Share this
764shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ श्रावण २३, शनिबार ०८:२०
मातृभाषा शिक्षामा माङसेबुङको फड्को: ११ विद्यालयमा लिम्बू र बान्तवा भाषा अनिवार्य

इलाम । इलामको माङसेबुङ गाउँपालिकाले स्थानीय पहिचान र संस्कृतिको संरक्षण गर्दै ११ वटा सामुदायिक विद्यालयमा लिम्बू र बान्तवा भाषाको पठनपाठन अनिवार्य गरेको छ । यस शैक्षिक सत्रदेखि गाउँपालिकाले विद्यार्थीको बाहुल्यका आधारमा थप ६ वटा विद्यालयमा मातृभाषा शिक्षा विस्तार गरेको हो ।

गाउँपालिकाका शिक्षा शाखा प्रमुख बुद्धिप्रसाद खतिवडाका अनुसार राई समुदायको बाहुल्य रहेका सरस्वती आधारभूत (वडा नं. २), जनता आधारभूत (वडा नं. ४) र सिंहेश्वरी आधारभूत विद्यालय (वडा नंं ६) मा यसै वर्षदेखि बान्तवा भाषा लागू गरिएको छ । यसअघि चिसोपानी माध्यमिक विद्यालयमा मात्र यो भाषा पढाइन्थ्यो ।

Advertisement

त्यसैगरी, लिम्बू समुदायको बाहुल्य रहेका गजुरमुखी र मन्डीका आधारभूत (वडा नं. १) तथा दुर्गा माध्यमिक विद्यालय (वडा नं. ३) मा पनि यसै वर्षदेखि लिम्बू भाषा अनिवार्य गरिएको छ । यसअघि ५ वटा विद्यालयमा लिम्बू भाषाको पठनपाठन हुँदै आएको थियो । योसँगै अब गाउँपालिकाका ७ विद्यालयमा लिम्बू र ४ विद्यालयमा बान्तवा भाषाको पढाइ हुनेछ ।

मातृभाषा शिक्षालाई प्रभावकारी बनाउन गाउँपालिकाले आन्तरिक स्रोतबाट तलब बेहोर्ने गरी शिक्षक दरबन्दी समेत सिर्जना गरेको छ । गाउँपालिका अध्यक्ष हेमन्त राईले संविधानले दिएको अधिकार प्रयोग गर्दै मातृभाषा शिक्षालाई प्राथमिकता दिएको बताए । ‘हामीले नयाँ विद्यालय खोल्नुको साटो भएकै विद्यालयमा स्थानीय आवश्यकता अनुसार शिक्षक र पाठ्यपुस्तकको व्यवस्था गरेका हौँ,’ अध्यक्ष राईले भने ।

मातृभाषा लागू नभएका अन्य विद्यालयमा भने स्थानीय पाठ्यपुस्तक  ‘हाम्रो माङसेबुङ’ अध्यापन भइरहेको छ । स्मरणीय छ, माङसेबुङले गत जेठ १२ गतेदेखि नै लिम्बू भाषालाई सरकारी कामकाजको भाषाका रूपमा समेत कार्यान्वयनमा ल्याइसकेको छ ।

तपाइको प्रतिक्रिया
मोरङ–६ कांग्रेस अधिवेशन स्थलमा झडप, मनोनयन प्रक्रिया प्रभावित
मोरङ कांग्रेसद्वारा क्षेत्रीय अधिवेशनमा भएको झडपको भर्त्सना, निष्पक्ष छानबिनको माग 
विकास निर्माणका समस्या समाधान गर्न कानुन संशोधनको तयारी
प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १६ अर्ब १५ करोड
व्यवसायीका समस्या र सार्वजनिक–निजी साझेदारीमा जोड: अध्यक्ष श्रेष्ठ
व्यवसायीका समस्या र सार्वजनिक–निजी साझेदारीमा जोड: अध्यक्ष श्रेष्ठ
बाढीपछि सम्पर्कविहीन न्यौपाने दम्पतीको अन्त्येष्टि गर्दै परिवार
बाढीपछि सम्पर्कविहीन न्यौपाने दम्पतीको अन्त्येष्टि गर्दै परिवार
सामाजिक सञ्जालको दुरुपयोग नियन्त्रण गर्न कानुनी सुधार हुँदै
सामाजिक सञ्जालको दुरुपयोग नियन्त्रण गर्न कानुनी सुधार हुँदै
भुटानी शरणार्थीका सन्तानलाई अमेरिका जाने अनुमति दिन सर्वोच्चको परमादेश
भुटानी शरणार्थीका सन्तानलाई अमेरिका जाने अनुमति दिन सर्वोच्चको परमादेश
लायन्स क्लब विराटनगर रेन्बोको स्थापना दिवसमा सामाजिक सेवा
लायन्स क्लब विराटनगर रेन्बोको स्थापना दिवसमा सामाजिक सेवा
पदकधारी कराँते खेलाडी स्वदेश फिर्ता
क्षतिग्रस्त जलविद्युत् आयोजना पुनःनिर्माणमा ३ खर्ब ९० अर्बसम्म लाग्ने
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×
Desktop Popup ImageMobile Popup Image×