अनेरास्ववियुले त्रिवि उपकुलपति थापालाई बुझायो ३३ बुँदे मागपत्र

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ श्रावण २५, सोमबार १३:४३

काठमाडौं । एमाले निकट विद्यार्थी सङ्गठन अनेरास्ववियुले त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा. डा. भोला थापालाई ३३ बुँदे मागपत्र बुझाएको छ।

अनेरास्ववियु त्रिवि जिल्ला कमिटीले विश्वविद्यालयको शैक्षिक, प्रशासनिक, परीक्षा प्रणाली, छात्रवृत्ति, शुल्क, पूर्वाधार तथा विद्यार्थी सेवासम्बन्धी समस्या तत्काल समाधान गर्न माग गर्दै उपकुलपति थापालाई ज्ञापनपत्र बुझाएको हो।

Advertisement

बदलिँदो समय र प्रविधिअनुकूल विश्वविद्यालयको समग्र सुधारका लागि मागपत्र पेस गरिएको अनेरास्ववियुले जनाएको छ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.