विराटनगरको एभरेष्ट स्कुललाई हिज्जे प्रतियोगिताको उपाधि

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ भाद्र ७, आइतबार २१:३२

विराटनगर । प्याब्सन मोरङले आयोजना गरेको जिल्ला स्तरीय अंग्रेजी हिज्जे प्रतियोगिताको उपाधि विराटनगरस्थित एभरेष्ट स्कुलले लगातार दोस्रो पटक जितेको छ।

आइतबार सम्पन्न फाइनलमा ४७ विद्यालयलाई पछि पार्दै एभरेष्टले उपाधिसहित १५ हजार रुपैयाँ र ट्रफी प्राप्त गरेको हो।

Advertisement

विराटनगरको दिल्ली पब्लिक स्कुल (डिपिएस) दोस्रो र सुन्दरहरैंचाको बाल प्रतिभा स्कुल तेस्रो भए। बालसदन एकेडेमी र मिनिल्याण्ड स्कुलले सान्त्वना पुरस्कार पाए।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×