बाढीपीडितलाई अरनिको कलेजको १० लाख सहयोग

Share this
731shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ भाद्र १७, बुधबार १७:४१
बाढीपीडितलाई अरनिको कलेजको १० लाख सहयोग

विराटनगर । विराटनगरस्थित अरनिको कलेजले भोटेकोशी बाढीबाट प्रभावित परिवारको राहत तथा उद्धारका लागि आर्थिक सहयोग गरेको छ । बाढीबाट प्रभावित परिवारको राहत तथा उद्धारका लागि अरनिको कलेजले १० लाख १ हजार १ सय १ रुपैयाँ आर्थिक सहयोग गरेको हो ।

कलेजले बुधबार एक कार्यक्रमका बीच प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा हुने गरी उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) मोरङलाई हस्तान्तरण गरेको  छ । कलेजका प्राचार्य राजेश कार्की तथा सञ्चालकहरूले संयुक्त रूपमा हिसान मोरङका अध्यक्ष अमित ढकाल र कोशी प्रदेश सचिव दिपेश बास्तोलालाई सहयोग रकम १० लाख १ हजार १ सय १ रुपैयाँ  बराबरको चेक हस्तान्तरण गरेका छन् ।

Advertisement

प्राकृतिक विपत्तिको समयमा संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत प्रभावित परिवारलाई तत्काल राहत पुगोस् भन्ने उद्देश्यले सहयोग उपलब्ध गराइएको कलेजका प्राचार्य कार्कीले बताए । चेक हस्तान्तरण कार्यक्रममा कलेजका सञ्चालकहरू भरतराज दाहाल, निलमकुमार अधिकारी, विकास खनाल, विलास लुइँटेल, डा. भविन्द्र निरौला, लक्ष्मीप्रसाद अधिकारी र शैलेसकुमार झाको उपस्थिति रहेको थियो ।

तपाइको प्रतिक्रिया
बाढीपीडितलाई अरनिको कलेजको १० लाख सहयोग
बाढीपीडितलाई अरनिको कलेजको १० लाख सहयोग
विपद्को राहत र उद्धारमा नेपाललाई निरन्तर सहयोग गर्ने चीनको प्रतिबद्धता
नेपाल स्टक एक्सचेन्ज
बढ्यो नेप्से परिसूचक
 विराटनगरमा ५९ औँ राधाकृष्ण रथयात्राको तयारी पूरा 
विराटनगरमा ५९ औँ राधाकृष्ण रथयात्राको तयारी पूरा 
माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनाबाट ५५७ जना अझै सम्पर्कविहीन
माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनाबाट ५५७ जना अझै सम्पर्कविहीन
भोटेकोशी बाढी संकट : एमालेले सरकारलाई दियो ८ बुँदे सुझाव
रसुवा बाढीबाट पर्यटन क्षेत्रमा ५० अर्बभन्दा बढीको क्षति’
विनाशकारी बाढीपछि पहिलोपटक संसदमा प्रधानमन्त्रीको सम्बोधन (पूर्णपाठ)
भोटेकोशी बाढी : भान्सामै व्यस्त थिए महिला, एक्कासि बाढी आउँदा घरसँगै बेपत्ता
प्रधानमन्त्री राहत कोषमा झण्डै ८ अर्ब, बाढीपीडितका लागि १ अर्ब निकासा
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×