बाढी प्रभावित विद्यार्थीलाई निःशुल्क अध्ययनको व्यवस्था गर्ने घोषणा

Share this
711shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ भाद्र २३, मंगलबार १०:५९

काठमाडौं। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलले बाढीपहिरोबाट प्रभावित विद्यार्थी तथा बालबालिकालाई निःशुल्क अध्ययनको व्यवस्था गर्ने घोषणा गरेका छन् । ‘सुनिश्चित भविष्य छात्रवृत्ति योजना’ घोषणा कार्यक्रममा मन्त्री पोखरेलले रसुवा, नुवाकोट र धादिङलगायत बाढी प्रभावित क्षेत्रका विद्यार्थीलाई अवस्थाअनुसार विभिन्न तहमा छात्रवृत्ति तथा अध्ययनको व्यवस्था गरिने बताए ।

उनका अनुसार विपद्का कारण अभिभावक गुमाएका तथा आर्थिक रूपमा कमजोर विद्यार्थीलाई प्राथमिकतामा राखिनेछ । दुवै अभिभावक गुमाएका विद्यार्थीलाई पहिलो प्राथमिकता, एकजना अभिभावक गुमाएकालाई दोस्रो प्राथमिकता र आर्थिक अवस्थाका आधारमा अन्य प्रभावित विद्यार्थीलाई सहयोग गरिनेछ ।

Advertisement

मन्त्रालयले विद्यार्थीको आवश्यकता र अवस्थाअनुसार आवासीय विद्यालयमा अध्ययन, पूर्ण छात्रवृत्ति तथा होस्टेलको व्यवस्था मिलाउने जनाएको छ। स्थानीय क्षेत्रमै बसेर अध्ययन गर्न चाहने विद्यार्थीलाई पनि आवश्यक सहयोग उपलब्ध गराइनेछ ।मन्त्री पोखरेलले विपद् आएपछि मात्र तयारी गर्ने परिपाटीमा परिवर्तन आवश्यक रहेको बताए । अहिलेको छात्रवृत्ति योजना बाढी प्रभावित विद्यार्थीका लागि मात्र नभई भविष्यमा आउन सक्ने विपद्का कारण शिक्षाबाट वञ्चित हुन सक्ने बालबालिकालाई समेत लक्षित गरिएको उनको भनाइ छ ।

‘सुनिश्चित भविष्य छात्रवृत्ति योजना’मा निजी शिक्षण क्षेत्रका प्याब्सन, एनप्याब्सन, हिसान, ओपिन र नेपाल मोन्टेसरी एसोसिएसनलगायतका संस्था सहभागी भएका छन् । मन्त्री पोखरेलले विपद्का कारण बालबालिका शिक्षाबाट बाहिरिन नदिन सरकार, निजी क्षेत्र र सामाजिक संघसंस्थाबीचको सहकार्यलाई निरन्तरता दिनुपर्ने बताए ।

तपाइको प्रतिक्रिया
परिवर्तनको आशा, परिणामको प्रतीक्षा
भोटेकोशी बाढीमा हराएका ५८७ विदेशी पर्यटक अझै फेला परेनन्
बाढी प्रभावित विद्यार्थीलाई निःशुल्क अध्ययनको व्यवस्था गर्ने घोषणा
अलैँचीको मूल्य प्रतिमन ८५ हजार
‘प्रतिक्रियावादी शक्तिहरू बलिदानबाट प्राप्त उपलब्धिलाई निमिट्यान्न पार्ने प्रयासमा’
जेनजी आन्दोलनको एक वर्ष : ‘मूल मुद्दामा अपेक्षित उपलब्धि भएन’
बाढीपीडितका लागि ब्रह्माकुमारी नेपालद्वारा एक करोड एक लाख सहयोग
जेनजी आन्दोलनबारे आयोगको सिफारिस तत्काल कार्यान्वयन गर्न कांग्रेसको माग
शान्ति कामनासहित राष्ट्रपतिद्वारा पशुपतिनाथमा पूजा आराधना
इटहरी प्रहरी हिरासतमा थुनुवाको मृत्यु
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×