पूर्वाञ्चल विश्वविद्यालयलाई प्रविधिमैत्री र नतिजामुखी बनाउन शिक्षामन्त्रीको निर्देशन

Share this
666shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ भाद्र २९, सोमबार १८:२३
पूर्वाञ्चल विश्वविद्यालयलाई प्रविधिमैत्री र नतिजामुखी बनाउन शिक्षामन्त्रीको निर्देशन

विराटनगर । शिक्षा तथा खेलकुद मन्त्री एवम् पूर्वाञ्चल विश्वविद्यालयका सहकुलपति सस्मित पोखरेलले विश्वविद्यालयलाई प्रविधिमैत्री र नतिजामुखी बनाउन निर्देशन दिएका छन् । विश्वविद्यालयको केन्द्रीय कार्यालय, गोठगाउँमा आज (सोमबार) आयोजित समसामयिक विषयक छलफल तथा परिचयात्मक कार्यक्रमलाई सम्बोधन गर्दै उनले डिजिटलीकरणको कार्यलाई युद्धस्तरमा अघि बढाउन र नयाँ नेतृत्वलाई परिणाममुखी काममा केन्द्रित हुन आग्रह गरे ।

विश्वविद्यालयको समग्र सुधारका लागि सबै पक्षबीच समन्वय र सहकार्य आवश्यक रहेको उल्लेख गर्दै मन्त्री पोखरेलले शैक्षिक गुणस्तर, प्रशासनिक दक्षता र सेवा प्रवाहमा सुधार ल्याउँदै विश्वविद्यालयलाई समयानुकूल र प्रतिस्पर्धी बनाउन सबैले जिम्मेवारीपूर्वक काम गर्नुपर्नेमा जोड दिए ।

Advertisement

उपकुलपति प्रा. डा. सुजन बाबु मरहट्टाको अध्यक्षतामा भएको कार्यक्रममा उनले विश्वविद्यालयलाई आधुनिक संस्थाका रूपमा विकास गर्न डिजिटलीकरण तथा विद्युतीय सुशासनलाई उच्च प्राथमिकता दिइने बताए। प्रशासनिक तथा शैक्षिक गतिविधिलाई पारदर्शी र सेवाग्राहीमैत्री बनाउन सुधारका कामलाई तीव्रता दिने प्रतिबद्धता जनाउँदै उपकुलपति मरहट्टाले हाल प्रयोग भइरहेको जग्गा विश्वविद्यालयको नाममा कायम गराउन सरकारी पहलका लागि सहकुलपतिसमक्ष अनुरोध गरे ।

कार्यक्रममा रजिस्ट्रार प्रा.डा. पन्ना थापाले उपकुलपतिद्वारा प्रस्तुत पाँचवर्षे रणनीतिक योजनाका आधारमा शैक्षिक, प्रशासनिक तथा व्यवस्थापकीय गतिविधिलाई थप चुस्त र प्रभावकारी रूपमा अघि बढाउने जानकारी दिए । त्यसैगरी, शिक्षामन्त्रीका सल्लाहकार शैलेन्द्र झाले विश्वविद्यालयका चुनौती सम्बोधन गर्न परम्परागत शैली छाडेर आमूल परिवर्तनकारी नीति लिनुपर्ने र आगामी कामहरू स्पष्ट एवम् मापनयोग्य नतिजा देखिने गरी गर्नुपर्ने बताए ।

खुला अन्तरक्रिया सत्रमा विद्यार्थी प्रतिनिधि रजत दासले पठनपाठनका क्रममा विद्यार्थीहरूले भोग्नुपरेका व्यावहारिक समस्या र शैक्षिक सुधारका विषयमा ध्यानाकर्षण गराए । स्थानीय नागरिक समाजका अगुवा चिरञ्जीवी शिवाकोटीले विश्वविद्यालयद्वारा सञ्चालित अस्पताललाई सर्वसाधारणले प्रत्यक्ष अनुभूति गर्ने गरी सेवामुखी बनाउन सरकार र विश्वविद्यालय प्रशासनको ध्यानाकर्षण गराए ।

कार्यक्रममा मन्त्रालयका प्रतिनिधि, विश्वविद्यालयका पदाधिकारी, शिक्षक, कर्मचारी, नागरिक समाज र विद्यार्थी प्रतिनिधिहरूको उपस्थिति थियो ।

तपाइको प्रतिक्रिया
जेन्जी आन्दोलनका क्रममा झुम्का कारागारबाट फरार कैदीबन्दी काठमाडौंमा पक्राउ
जेन्जी आन्दोलनका क्रममा झुम्का कारागारबाट फरार कैदीबन्दी काठमाडौंमा पक्राउ
पूर्वाञ्चल विश्वविद्यालयलाई प्रविधिमैत्री र नतिजामुखी बनाउन शिक्षामन्त्रीको निर्देशन
पूर्वाञ्चल विश्वविद्यालयलाई प्रविधिमैत्री र नतिजामुखी बनाउन शिक्षामन्त्रीको निर्देशन
बाढी प्रभावित क्षेत्रका क्षतिग्रस्त सडक असोजभित्रै सञ्चालनमा ल्याइने
बाढी प्रभावित क्षेत्रका क्षतिग्रस्त सडक असोजभित्रै सञ्चालनमा ल्याइने
प्रधानमन्त्रीसँगको छलफललगत्तै पक्राउ परे गाउँपालिका अध्यक्ष
उदयपुरका वन अधिकृत पौडेलविरुद्ध भ्रष्टाचार मुद्दा दायर
प्रहरीको काम कारबाही नागरिकले रेकर्ड गर्न पाउनुपर्ने मागमा सर्वोच्चद्वारा कारण देखाऊ आदेश
‘ग्रीन आर्मी’को वैधानिकतामाथि प्रश्न, सरकारसँग सर्वोच्चले माग्यो जवाफ
विराटनगर बारका पूर्वअध्यक्ष न्यौपानेको निधन
युवकको शंकास्पद मृत्यु: श्रीमती, आमासहित ५ जना पक्राउ
वेश्यागमनको प्रचार गरेको आरोपमा पाँचथरका युवक पक्राउ
पुनःस्थापनाका लागि स्रोतको कमी हुन नदिने प्रधानमन्त्रीको प्रतिबद्धता
विपदमा अभिभावक गुमाएका बालबालिकाको संरक्षण सरकारले गर्ने
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×