
विराटनगर । इलामको देउमाई नगरपालिका–९ साधुगाउँमा बोलेरो जिप दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको छ ।
कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका अनुसार प्र १–०१–००१ ज ३७०६ नम्बरको जिप बिहीबार दुर्घटना हुँदा चालक देउमाई–१ चमैताका अन्दाजी ३५ वर्षीय तीर्थराज बस्नेतको मृत्यु भएको हो । सडकबाट खसेर दुर्घटनामा परेको गाडीले थिचिएर उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
इलाका प्रहरी कार्यालय मंगलबारेबाट खटिएको टोलीले घटनाको आवश्यक कानुनी प्रक्रिया सुरु गरेको छ । दुर्घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।



















