लाइसेन्स छपाइमा नयाँ व्यवस्था, मधेशका ३ हजार ८१ प्रति सेवाग्राहीसम्म पुग्दै

Share this
743shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ आश्विन ४, आइतबार १३:१६

काठमाडौं । लामो समयदेखि सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छपाइमा देखिँदै आएको ढिलाइ र सेवाग्राहीको चाप व्यवस्थापन गर्न सरकारले नयाँ प्रणालीमार्फत लाइसेन्स छपाइ अघि बढाएको छ ।

साउन १ गतेदेखि कार्यान्वयनमा आएको विद्युतीय ड्राइभिङ लाइसेन्स तथा सवारी दर्ता प्रणाली (ईडीएलभीआरएस)मार्फत लाइसेन्स छपाइको काम सुरु गरिएको हो । नयाँ प्रणालीमा यातायात व्यवस्था कार्यालयले प्रविष्ट तथा अपलोड गरेको सेवाग्राहीको विवरण सिधै सुरक्षण मुद्रणमा पुग्ने व्यवस्था गरिएको छ ।

Advertisement

सुरक्षण मुद्रणले प्राप्त विवरणका आधारमा लाइसेन्स छपाइ गर्ने र छापिएका कार्ड हुलाकमार्फत सम्बन्धित यातायात व्यवस्था सेवा कार्यालयमा पठाउनेछ । यसले छपाइदेखि वितरणसम्मको प्रक्रियालाई व्यवस्थित बनाउने विभागको अपेक्षा छ ।

नयाँ प्रणालीअन्तर्गत पहिलो चरणमा मधेश प्रदेशका ३ हजार ८१ वटा सवारी चालक अनुमतिपत्र छपाइ गरिएको छ । छपाइ भएका ती लाइसेन्स वितरणका लागि हुलाकमार्फत सम्बन्धित यातायात व्यवस्था सेवा कार्यालयमा पठाइसकिएको छ ।

सरकारले प्रदेशलाई आफ्नो आवश्यकताअनुसार सुरक्षण मुद्रणसँग सम्झौता गरेर सवारी चालक अनुमतिपत्र छपाइ गर्न सक्ने व्यवस्था गरेको छ । यही व्यवस्थाअनुसार मधेश प्रदेश सरकारले सुरक्षण मुद्रणसँग सम्झौता गरी आफ्नै व्यवस्थापनमा लाइसेन्स छपाइ गरिरहेको छ ।

लुम्बिनी प्रदेशले पनि शुक्रबार सुरक्षण मुद्रणसँग सम्झौता गरेर लाइसेन्स छपाइ सुरु गरेको छ । सबै प्रदेशले सुरक्षण मुद्रणसँग सम्झौता गरिनसकेको अवस्थामा भने सेवाग्राहीको चाप र लामो समयदेखि बाँकी रहेका लाइसेन्सको अवस्थालाई ध्यानमा राखेर यातायात व्यवस्था विभाग र सुरक्षण मुद्रणको समन्वयमा छपाइ गर्ने व्यवस्था मिलाइएको विभागले जनाएको छ ।

ईडीएलभीआरएस लागू भएपछि लाइसेन्स छपाइको जिम्मेवारी प्रदेशअनुसार व्यवस्थापन गर्ने आधार तयार भएको विभागको भनाइ छ । नयाँ व्यवस्थाले सेवाग्राहीलाई सवारी चालक अनुमतिपत्र छिटो र सहज रूपमा उपलब्ध गराउने लक्ष्य राखेको छ ।

तपाइको प्रतिक्रिया
बाढी प्रभावितलाई चिनियाँ सहयोग
जेनजी आन्दोलनका घाइतेलाई निःशुल्क कानुनी सहायता
कानुनसम्बन्धी अन्तर्राष्ट्रिय कार्यक्रममा सहभागी हुन प्रधानन्यायाधीश चीनतर्फ
सनाखत हुन सकेनन् त्रिशूली-१ सुरुङबाट निकालिएका २४ शव
एरिका गुरुङ एसियाली खेलकुदको सेमिफाइनलमा पराजित 
एरिका गुरुङ एसियाली खेलकुदको सेमिफाइनलमा पराजित 
डमी खाताबाट कारोबार गरेको अध्यक्ष आङबाबुको स्वीकारोक्ति
कोशी, बागमती र गण्डकीमा ‘धेरै भारी’ वर्षाको सम्भावना 
असोज ८ देखि भारी वर्षाको चर्चा, मौसमविद् भन्छन्–अहिल्यै ठोकुवा गर्न सकिँदैन
लाइसेन्स छपाइमा नयाँ व्यवस्था, मधेशका ३ हजार ८१ प्रति सेवाग्राहीसम्म पुग्दै
विश्लेषक भरत दाहाल सुन्दरहरैँचाबाट पक्राउ, काठमाडौं पठाइँदै
एसियाड क्रिकेट टोलीको बिदाइ
एसियाड क्रिकेट टोलीको बिदाइ
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×