
काठमाडौं । नवलपुरको कावासोती नगरपालिका–११ लोकाहास्थित पूर्वपश्चिम राजमार्गमा सोमबार बिहान यात्रुवाहक बस दुर्घटना हुँदा २५ जना घाइते भएका छन् ।
धनगढीबाट काठमाडौं आउँदै गरेको सुदूरपश्चिम प्रदेश ०१–००१ ख ३४७५ नम्बरको बस बिहान करिब ६:४० बजे सडकमा पल्टिएको हो ।
प्रहरीका अनुसार चालकले नियन्त्रण गुमाउँदा दुर्घटना भएको हो । घाइते सबैलाई उपचारका लागि डण्डास्थित मध्यविन्दु प्रादेशिक अस्पताल पठाइएको छ । उनीहरूको अवस्था सामान्यदेखि मध्यम रहेको प्रहरीले जनाएको छ ।
घटनाबारे थप अनुसन्धान भइरहेको र घाइतेहरूको विस्तृत विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।



















