भरत दाहालको बन्दीप्रत्यक्षीकरण रिटमा सुनुवाइ हुँदै

Share this
727shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ आश्विन ६, मंगलबार १०:४५

काठमाडौं । राजनीतिक विश्लेषक भरत दाहालको तर्फबाट सर्वोच्च अदालतमा दायर बन्दीप्रत्यक्षीकरणसम्बन्धी रिटमा आज (मंगलबार) सुनुवाइका लागि पेसी तोकिएको छ।

दाहाललाई आइतबार प्रहरीले मोरङको बेलबारीबाट पक्राउ गरेको थियो। आफ्नो युट्युब च्यानलमार्फत भूराजनीति तथा उच्च राजनीतिक व्यक्तित्वबारे भ्रामक प्रचार गरेको आरोपमा उनलाई प्रहरीले नियन्त्रणमा लिएको हो।

Advertisement

दाहालकी छोरी डेनिकाले सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरणको रिट दायर गरेकी थिइन्। उक्त रिटमाथि न्यायाधीश कुमार रेग्मीको इजलासमा मंगलबार सुनुवाइ हुने भएको हो।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×