विद्यार्थीलाई सामाजिक उत्तरदायित्व बहन गर्न आग्रह

Share this
703shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ आश्विन ७, बुधबार २०:०६
विद्यार्थीलाई सामाजिक उत्तरदायित्व बहन गर्न आग्रह

विराटनगर । मनमोहन प्राविधिक विश्वविद्यालयका कुलपति डा. सुवास्री पोखरेलले इन्जिनियरिङ विषय पढ्ने विद्यार्थीहरूले आफ्नो व्यावसायिक दक्षतासँगै संकटको समयमा देश र समाजका लागि स्वयंसेवा गर्न सधैँ तत्पर रहनुपर्ने बताएका छन् ।

स्कुल अफ इन्जिनियरिङअन्तर्गत सिभिल र इलेक्ट्रिकल इन्जिनियरिङ चार वर्षे स्नातक तहमा भर्ना भएका २०८३ समूहका विद्यार्थीहरूलाई प्रेरणा दिँदै उपकुलपति पोखरेलले मनमोहन विश्वविद्यालयले व्यावसायिक दक्षतामा मात्र नभई सामाजिक उत्तरदायित्वमा पनि सधैँ अग्रसर हुने दक्ष इन्जिनियर उत्पादनमा जोड दिइरहेको बताए ।

Advertisement

बुधबार आयोजना भएको विद्यार्थी अभिमुखीकरण कार्यक्रममा बोल्दै डा.पोखरेलले नयाँ र अरूभन्दा फरक पहिलो प्राविधिक विश्वविद्यालय मनमोहनले पहिलो समूहबाट इन्जिनियरिङ काउन्सिलको परीक्षा दिने १७ जनामध्ये १५ जना पास भई व्यावसायिक इन्जिनियर बन्न सफल भएको जानकारी गराए । उपकुलपतिका अनुसार स्कुल अफ इन्जिनियरिङ मनमोहन प्राविधिक विश्वविद्यालयको जग भएकाले यसलाई अझै अगाडि बढाउन विद्यार्थी, शिक्षक र पदाधिकारी सबैले प्रयास गर्नुपर्ने बताए ।

राष्ट्रिय योजना आयोगका सदस्य तथा प्रेरक वक्ता डा. सुदन झाले विदेशको भन्दा भूगोलको अवस्था र हावापानी बुझेको पढाइ मात्र देशका लागि फलदायी हुने बताए । इन्जिनियरिङ पढ्ने विद्यार्थी आफैँ सिर्जनाको मुहान भएकाले कोठामा बसेर होइन सधैँ फिल्डमा अग्रसर हुने बानीको विकास गर्न विद्यार्थीहरूलाई डा. झाले आग्रह गरे । ‘इन्जिनियर पढेको छु, म सानोतिनो काम गर्दिन भनेर हुँदैन । घर–समाजमा दैनिक आइपर्ने साना–ठुला समस्याहरू पनि आफैँ समाधान गर्न सक्ने दक्षता भएको इन्जिनियर भयौँ भने आत्मनिर्भर इन्जिनियर बन्न सकिन्छ,’ उनले भने ।

विश्वविद्यालयका रजिस्ट्रार डा. किशोर अधिकारीले स्थापनाको छोटो समयमै आफ्नो गुणस्तरको सन्देश दिन सफल मनमोहन प्राविधिक विश्वविद्यालयलाई अब दिगो पहिचान दिलाउने जिम्मा विद्यार्थीहरूकै हातमा भएकाले पढाइ सकेपछि हेपिने होइन सबैले कदर गर्ने इन्जिनियर बन्ने अठोट लिन आग्रह गरे । इन्जिनियर पढ्ने विद्यार्थी सधैँ अनुशासित, जिज्ञासु, साहसी र नैतिकवान् हुनुपर्नेमा उनले जोड दिए ।

इन्जिनियरिङ क्याम्पस धरानका उपप्राध्यापक काजीराम कार्कीले सफल इन्जिनियरहरूमा सधैँ सकारात्मक वृद्धि हुनुपर्ने र भौतिक निर्माण कार्य मात्र आफ्नो काम हो भन्ने बुझ्न नहुने बताए । ज्ञानसँगै सीप र असल विचार भए मात्र सफल इन्जिनियर बन्न सकिने उनले बताए । ‘अबको इन्जिनियरिङको व्यावसायिकता पढेको छु भनेर मात्र पुग्दैन, इमानदार भएर असल पनि बन्न सक्नुपर्छ,’ उपप्राध्यापक  कार्कीले भने ।

विश्वविद्यालयको स्कुल अफ इन्जिनियरिङकी डिन डा. रेखा श्रेष्ठले कडा परिश्रमसँगै अनुशासित भएर समयमा सही निर्णय लिन सक्ने क्षमता सफल इन्जिनियरमा हुनुपर्ने बताउँदै अन्तर्राष्ट्रिय बजारका लागि समेत दक्ष इन्जिनियर उत्पादन गर्ने मनमोहनको लक्ष्य रहेको बताइन् । उनले मनमोहनबाट उत्तीर्ण भएका इन्जिनियरहरूले कहिल्यै काम नलाग्ने भनेर हेपिनु नपर्ने दाबी गरिन् । डिन श्रेष्ठले भनिन्, ‘हेपिने भनेको काम नलाग्ने भएर हो । तर मनमोहनमा पढेका विद्यार्थीहरूले देश–विदेश कहीँ पनि हेपिनुपर्ने छैन ।’

विश्वविद्यालयको संरक्षण समिति सदस्य सत्यनारायण चौधरीले मनमोहन प्राविधिक विश्वविद्यालयलाई अरूभन्दा फरक र गुणस्तरीय बनाउने कार्यमा आफू पनि सधैँ अग्रसर भएर लागी रहेकाले ढुक्क भएर अध्ययन गर्न विद्यार्थीहरूलाई आग्रह गरे ।

परीक्षा विज्ञ इन्जिनियर युवराज चौधरीले समयमै परीक्षा लिने विश्वविद्यालयले कहिल्यै सम्झौता नगर्ने भएकाले पढाइमा हेलचेक्र्याइँ नगर्न विद्यार्थीहरूलाई आग्रह गरे ।

कोशी प्रदेश सरकारले २०७६ मा स्थापना गरेको देशकै पहिलो मनमोहन प्राविधिक विश्वविद्यालयमा हाल स्कुल अफ इन्जिनियरिङ, स्कुल अफ अप्लाइड साइन्स एन्ड टेक्नोलोजी र स्कुल अफ मेडिसिन एन्ड अप्लाइड हेल्थ साइन्स गरी तीनवटा स्कुल सञ्चालनमा छन् । हाल यस विश्वविद्यालयमा सिभिल र इलेक्ट्रिकल एन्ड इलेक्ट्रोनिक्स, अस्पताल व्यवस्थापन, औषधि विज्ञान र कानुन विषय स्नातक र स्नातकोत्तर तहमा पठनपाठन भइरहेको छ ।

तपाइको प्रतिक्रिया
कोशीका सबै पूर्वाधार विकास कार्यालयलाई ‘हाई अलर्ट’मा रहन निर्देशन
कोशीका सबै पूर्वाधार विकास कार्यालयलाई ‘हाई अलर्ट’मा रहन निर्देशन
काठमाडौं विश्वविद्यालयका संस्थापक उपकुलपति शर्माको निधन
मोरङ कारागारमा २८१ कैदीबन्दीको आँखा परीक्षण, ४० जनामा मोतियाविन्दु
कांग्रेस इटहरीको सचिवमा शिक्षकको उम्मेदवारी, कानुनी प्रश्न उठेपछि फिर्ता !
विद्यार्थीलाई सामाजिक उत्तरदायित्व बहन गर्न आग्रह
विद्यार्थीलाई सामाजिक उत्तरदायित्व बहन गर्न आग्रह
एसियाली खेलकुदमा नेपाललाई पहिलो पदक कराँतेमा  
एसियाली खेलकुदमा नेपाललाई पहिलो पदक कराँतेमा  
पोखराबाट फ्लाई दुबईको नियमित उडान सुरु
ताप्लेजुङमा भिरबाट लडेर पुरुषको मृत्यु
कोशी, बागमती र गण्डकीमा ‘धेरै भारी’ वर्षाको सम्भावना 
भारी वर्षाको सम्भावनापछि मोरङ र सुनसरी प्रशासनद्वारा सतर्कता अपनाउन आग्रह
प्रतिकूल मौसमका कारण राति सवारी साधन चलाउन रोक
प्रतिकूल मौसमका कारण राति सवारी साधन चलाउन रोक
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×