वर्षाको जोखिमलाई मध्यनजर गरेर पाँचथरका विद्यालय बन्द

Share this
696shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ आश्विन ८, बिहीबार ०७:३८

पाँचथर । लगातार वर्षा हुने पूर्वानुमानसँगै सम्भावित जोखिमलाई मध्यनजर गर्दै पाँचथर जिल्लाका विद्यालय दुई दिन बन्द गरिने भएको छ ।

जिल्ला प्रशासन कार्यालय पाँचथरले मौसम पूर्वानुमान महाशाखाको सूचनालाई आधार बनाएर असोज ८ र ९ गते अर्थात् बिहीबार र शुक्रबार जिल्लाभरका शैक्षिक संस्था बन्द गर्न स्थानीय तहलाई आग्रह गरेको हो । प्रमुख जिल्ला अधिकारी वासुदेव दाहालका अनुसार मौसम विभागले असोज ८ देखि १२ गतेसम्म वर्षाको उच्च जोखिम रहेको जानकारी गराएपछि विद्यार्थी तथा विद्यालय समुदायको सुरक्षालाई प्राथमिकतामा राखेर यस्तो निर्णय गरिएको हो ।

Advertisement

प्रशासनको आग्रहअनुसार फिदिम नगरपालिका र याङवरक गाउँपालिकाले पनि दुई दिन विद्यालय बन्द गर्ने निर्णय गरेका छन् । अन्य स्थानीय तहले समेत सोहीअनुसार विद्यालय बन्द गर्ने तयारी गरेका छन् ।

असोज ८ र ९ गतेको बिदापछि शनिबार र आइतबार नियमित सार्वजनिक बिदा पर्ने भएकाले पाँचथरका विद्यालय लगातार चार दिन बन्द हुने भएका छन् । यसैबीच, पाँचथरमा बिहीबार साँझदेखि वर्षा भइरहेको छ ।

जिल्लाका विभिन्न क्षेत्रमा मध्यम वर्षा भइरहे पनि अहिलेसम्म मानवीय तथा भौतिक क्षतिको विवरण प्राप्त नभएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । प्रशासनले वर्षाका कारण हुनसक्ने सम्भावित जोखिमप्रति सतर्क रहन आग्रह गरेको छ ।

तपाइको प्रतिक्रिया
भारी वर्षाको सम्भावनापछि विराटनगरका विद्यालय दुई दिन बन्द
अदालतका फैसला जाँच्न संसदीय समिति बनाउने प्रस्तावप्रति आपत्ति
संसद् बैठकमा रास्वपा सांसदलाई अनिवार्य उपस्थितिको निर्देशन
चाडपर्वमा यात्रा सहज बनाउन सडक मर्मत तीव्र
प्रधानमन्त्री शाह संयुक्त राष्ट्रसंघ महासभालाई सम्बोधन गर्दै
कृषि आधुनिकीकरण कार्यक्रमबाट १० वर्षमा १८ लाख परिवार लाभान्वित
रंगशाला बनेपछि भोजपुरमा बढ्यो खेल गतिविधि
पदयात्रा र पर्वतारोहणमा उच्च सतर्कता अपनाउन आग्रह
स्वास्थ्य क्षेत्रलाई उच्च सतर्कतामा रहन निर्देशन
जलवायु विपद्पछि पुनर्निर्माणका लागि दीर्घकालीन अन्तर्राष्ट्रिय सहयोग माग
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×