एमाले स्थायी कमिटी बैठक बस्दै, भण्डारीको पहिलो सहभागिता

Share this
691shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ आश्विन २२, बिहीबार ०७:१९
सरकार छापामार शैलीमा उत्रिएको ओलीको आरोप

काठमाडौं । नेकपा (एमाले)को स्थायी कमिटी बैठक आज (बिहीबार) बस्दैछ । पार्टीको स्थायी कमिटी पुनर्गठनपछि पहिलोपटक बस्न लागेको बैठकमा वरिष्ठ नेता विद्यादेवी भण्डारीसमेत सहभागी हुँदैछिन् ।

पार्टी मुख्यालय च्यासलमा दिउँसो १ बजेका लागि बैठक बोलाइएको छ । वरिष्ठ नेता मनोनित भएपछि भण्डारी पहिलोपटक स्थायी कमिटी बैठकमा सहभागी हुन लागेकी हुन् ।

एमाले सचिवालयले गत असोज ८ गते पूर्वराष्ट्रपति भण्डारीलाई वरिष्ठ नेता मनोनित गर्ने निर्णय गरेको थियो । त्यसलाई केन्द्रीय कमिटी बैठकले अनुमोदन गरेपछि उनी पार्टीको दोस्रो वरीयतामा रहने गरी वरिष्ठ नेता बनेकी हुन् ।

गत असोज ५ देखि ८ गतेसम्म बसेको केन्द्रीय कमिटी बैठकले ईश्वर पोखरेल, प्रदीप ज्ञवाली, काशीनाथ अधिकारी, देवराज घिमिरे, शिवमाया तुम्बाहाम्फे, लालबाबु पण्डित र थममाया थापालाई स्थायी कमिटी सदस्य चयन गरेको थियो । उनीहरू चयन भएपछि बस्न लागेको यो पहिलो स्थायी कमिटी बैठक हो ।

बैठकमा समसामयिक राजनीतिक घटनाक्रम, पार्टीको आगामी राजनीतिक कार्यदिशा र संगठनलाई थप सक्रिय बनाउने विषयमा छलफल हुने एमालेले जनाएको छ । त्यस्तै, आगामी स्थानीय तह निर्वाचनलाई लक्षित गरेर पार्टीका गतिविधि अघि बढाउने विषय पनि बैठकको एजेन्डामा रहने बताइएको छ ।

भण्डारीको स्थायी कमिटी बैठकमा सहभागितालाई एमालेभित्र उनको नयाँ राजनीतिक भूमिकासँग जोडेर समेत हेरिएको छ । पूर्वराष्ट्रपतिको जिम्मेवारी पूरा गरेपछि सक्रिय राजनीतिमा फर्किएकी भण्डारीलाई एमालेले वरिष्ठ नेताको हैसियत दिएको हो ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×
Desktop Popup ImageMobile Popup Image×