यी हुन् कांग्रेसका उम्मेदवार (नामावलीसहित)

Share this
742shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ आश्विन २२, बिहीबार ०७:४३

काठमाडौं । नेपाली कांग्रेसको नयाँ नेतृत्व चयनका लागि हुने निर्वाचनमा प्रतिस्पर्धामा रहेका उम्मेदवारको अन्तिम नामावली सार्वजनिक भएको छ।

निर्वाचन समितिले बुधबार राति उम्मेदवारको अन्तिम सूची सार्वजनिक गरेसँगै कांग्रेसको नयाँ नेतृत्वका लागि हुने प्रतिस्पर्धा औपचारिक रूपमा स्पष्ट भएको हो । सभापतिसहित विभिन्न पदमा उम्मेदवारी दिएका नेताहरू अब निर्वाचनमार्फत आफ्नो पक्षमा मत जुटाउने अन्तिम तयारीमा छन् ।

कांग्रेसको नयाँ कार्यसमिति चयनका लागि बिहीबार बिहान १० बजेदेखि मतदान सुरु हुने निर्वाचन समितिले जनाएको छ । मतदानपछि मतगणना प्रक्रिया अघि बढाइनेछ ।

महाधिवेशनबाट सभापति, उपसभापति, महामन्त्री, सहमहामन्त्री तथा केन्द्रीय सदस्यसहितका पदाधिकारी र सदस्य चयन हुनेछन् । उम्मेदवारको अन्तिम सूची सार्वजनिक भएसँगै कांग्रेसको आगामी नेतृत्व कसको हातमा पुग्ने भन्ने विषयमा पार्टीभित्रको चुनावी प्रतिस्पर्धा थप रोचक बनेको छ ।

निर्वाचनका लागि देशभरबाट आएका महाधिवेशन प्रतिनिधि मतदानमा सहभागी हुनेछन् । कांग्रेसको नयाँ नेतृत्व चयन हुने यो निर्वाचनलाई पार्टीको आगामी राजनीतिक दिशा तय गर्ने महत्वपूर्ण अवसरका रूपमा हेरिएको छ ।

यी हुन् उम्मेदवारहरु

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×
Desktop Popup ImageMobile Popup Image×