विद्यालयमा गोली चल्दा ४ जनाको मृत्यु

Share this
630shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ आश्विन ३०, शुक्रबार ०९:४९

एजेन्सी । अमेरिकाको ओरेगन राज्यस्थित एक प्राथमिक विद्यालयमा गोली चल्दा तीन बालबालिकासहित कम्तीमा चार जनाको मृत्यु भएको छ। घटनामा गोली चलाउने व्यक्ति पनि मारिएका छन् ।

सीबीएस र सीएनएनका अनुसार बिहीबार बेन्ड सहरस्थित सिल्भर रेल प्राथमिक विद्यालयमा गोली चलेको हो। बेन्ड सहर पोर्टल्यान्डबाट करिब १६० किलोमिटर दक्षिणपूर्वमा पर्छ ।

बेन्ड प्रहरी विभागकी सञ्चार व्यवस्थापक शीला मिलरका अनुसार स्थानीय समयअनुसार बिहीबार दिउँसो १२:५९ बजे विद्यालयबाहिर पार्क गरिएको एउटा कारमा गोली प्रहार भएको सूचना प्रहरीलाई प्राप्त भएको थियो । त्यसको केही मिनेटमै प्रहरी घटनास्थल पुगेको थियो ।

गोली चलाएको आरोप लागेका व्यक्ति केही समयपछि मृत फेला परेका थिए । उनलाई प्रहरी वा अन्य कसैले गोली हानेको हो भन्नेबारे स्पष्ट जानकारी नभएको मिलरले बताइन् । मृत्यु भएका चार जनाको प्रारम्भिक विवरणमा गोली चलाउने व्यक्ति समावेश छन् वा छैनन् भन्ने पनि स्पष्ट भइसकेको छैन । घटनामा घाइते हुनेको सङ्ख्या र उनीहरूको अवस्थाबारे तत्काल जानकारी सार्वजनिक गरिएको छैन ।

प्रहरीले विद्यालयका कोठा–कोठामा पुगेर त्यहाँ रहेका सबैलाई सुरक्षित रूपमा बाहिर निकाल्ने काम गरेको मिलरले बताइन्। उनले घटनालाई अत्यन्तै दुःखद भन्दै बेन्डमा यस्तो घटना फेरि नहोस् भन्ने आफूहरूको चाहना रहेको बताइन् ।

अमेरिकाको संघीय अनुसन्धान ब्युरो (एफबीआई) का निर्देशक काश पटेलले सामाजिक सञ्जालमार्फत घटनाको अनुसन्धानमा स्थानीय प्रहरीलाई सहयोग गरिरहेको जानकारी दिएका छन् । उनले आवश्यक सबै स्रोतसाधन उपलब्ध गराउने बताएका छन् । ओरेगनकी गभर्नर टीना कोटेकले घटनाक्रमलाई नजिकबाट निगरानी गरिरहेको बताएकी छन् ।

तपाइको प्रतिक्रिया
कोशीमा ६९ पूर्वाधार योजनालाई करिब ५ अर्ब
कोशी प्रदेशमा उत्कृष्ट प्रहरी र सहयोगी संघसंस्था सम्मानित
कोशी प्रदेशमा उत्कृष्ट प्रहरी र सहयोगी संघसंस्था सम्मानित (फोटो फिचर)
मधेश प्रदेश सरकारमा सहभागी एमालेका मन्त्रीद्वारा राजीनामा
काठमाडौंबाट ओखलढुंगा जाँदै गरेको बस सिन्धुलीमा दुर्घटना, ९ जना घाइते
दसैँमा पनि खुला रहनेछन् आयल निगमका डिपो, इन्धन अभाव हुन नदिने
यी हुन् मन्त्रिपरिषद् बैठकले गरेका निर्णय
चट्टानसहितको पहिरोले किमाथांकासम्मको यातायात प्रभावित
अपांगता भएका व्यक्तिको अधिकारसम्बन्धी ऐन संशोधन विधेयक संसदमा लैजान स्वीकृति
स्वजन रघुवंशीले हासिल गरे नृत्यमा विद्यावारिधि
कांग्रेस सभापति थापाको शपथ शनिबार, अरुको दसैँपछि
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×