साउदीमा ड्रोन आक्रमण, एक नेपालीसहित दुईको मृत्यु

Share this
744shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ कात्तिक ५, बिहीबार ०९:२७

एजेन्सी । साउदी अरबको पूर्वी प्रान्तस्थित सायबाह तेल खानी क्षेत्रमा भएको ड्रोन आक्रमणमा एक नेपालीसहित दुई विदेशी नागरिकको मृत्यु भएको छ। घटनामा पाकिस्तानी र भारतीय नागरिक घाइते भएका छन्।

साउदी ऊर्जा मन्त्रालयका अनुसार बुधबार बिहान सायबाह क्षेत्रमा रहेको साउदी अरामकोको प्रशोधन केन्द्रलाई लक्षित गरी ड्रोन आक्रमण गरिएको थियो। प्रशोधन केन्द्रतर्फ अघि बढेको ड्रोनलाई हवाई रक्षा प्रणालीले आकाशमै निष्क्रिय पारेको थियो।

ड्रोन निष्क्रिय पारिएपछि खसेको भग्नावशेषले प्रशोधन केन्द्रको बाहिरी परिसरमा रहेको ठेकेदार कम्पनीको गाडीमा आगलागी भएको मन्त्रालयले जनाएको छ। सोही घटनामा परेर एक नेपाली र एक फिलिपिनो नागरिकको मृत्यु भएको पुष्टि गरिएको छ।

घटनामा घाइते भएका एक पाकिस्तानी र एक भारतीय नागरिकको उपचार भइरहेको जनाइएको छ। मृतक नेपालीसहित दुवै जनाको पहिचान भने सार्वजनिक गरिएको छैन।

घटनापछि सम्बन्धित सुरक्षा तथा उद्धार निकायले आवश्यक कदम चालेको साउदी ऊर्जा मन्त्रालयले जनाएको छ। मन्त्रालयले मृतकका परिवारप्रति समवेदना व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×