
काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर भएका सवारी दुर्घटनामा परी पाँच जनाको मृत्यु भएको छ भने ३१३ जना घाइते भएका छन्। नेपाल प्रहरीले बिहीबार सार्वजनिक गरेको प्रदेशगत विवरणअनुसार दुर्घटनामा कोशी प्रदेशमा सबैभन्दा बढी १०८ जना घाइते भएका छन्।
प्रहरीको विवरणअनुसार मृत्यु हुनेमा कोशी प्रदेशका दुई जना तथा गण्डकी, बागमती र काठमाडौं उपत्यकाका एक–एक जना रहेका छन्।
घाइते हुनेको संख्याका आधारमा दोस्रो स्थानमा लुम्बिनी प्रदेश रहेको छ। उक्त प्रदेशमा ६६ जना घाइते भएका छन्। त्यस्तै, सुदूरपश्चिम प्रदेशमा ४९ जना र मधेश प्रदेशमा ४३ जना घाइते भएको प्रहरीले जनाएको छ।
यसैगरी, बागमती प्रदेशमा २० जना, काठमाडौं उपत्यकामा १६ जना, गण्डकी प्रदेशमा आठ जना र कर्णाली प्रदेशमा तीन जना घाइते भएका छन्।
प्रहरीले सार्वजनिक गरेको तथ्यांकअनुसार पछिल्लो २४ घण्टामा सवारी दुर्घटनाबाट देशका विभिन्न क्षेत्रमा मानवीय क्षति भएको छ। दुर्घटनामा घाइते भएकाहरूको अवस्थाबारे भने सार्वजनिक विवरणमा थप जानकारी उल्लेख गरिएको छैन।























