सुनको मूल्य बढ्यो, चाँदीको घट्यो

Share this
758shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ कात्तिक १२, बिहीबार १०:५८
सामान्य बढ्यो सुनचाँदीको मूल्य

काठमाडौं । नेपाली बजारमा आज (बिहीबार) सुनको मूल्य तोलामा ३०० रुपैयाँले बढेको छ भने चाँदीको मूल्य ५० रुपैयाँले घटेको छ।

बुधबार प्रतितोला २ लाख ८३ हजार २०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आज बढेर २ लाख ८३ हजार ५०० रुपैयाँ पुगेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज १० ग्राम छापावाल सुनको मूल्य २ लाख ४३ हजार ५५ रुपैयाँ तोकिएको छ।

त्यस्तै, चाँदीको मूल्य आज प्रतितोला ५० रुपैयाँले घटेर ३ हजार ९३० रुपैयाँ कायम भएको छ। १० ग्राम चाँदीको मूल्य ३ हजार ३६९ रुपैयाँ तोकिएको छ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.