‘सीप विनाको सर्टिफिकेटको अर्थ छैन’ : कोइराला

Share this
667shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ फाल्गुन १, शुक्रबार २०:१९
‘सीप विनाको सर्टिफिकेटको अर्थ छैन’ : कोइराला

विराटनगर । विराटनगरको मोर्डन एरा स्कुलले आफ्नो स्थापनाको २५ औँ वार्षिकोत्सव (रजत जयन्ती) तथा अभिभावक दिवस २ दिने विशेष कार्यक्रमको आयोजना गरेर मनाउँदै छ । स्कुलले शुक्रबार र शनिबार विशेष कार्यक्रमको आयोजना गरेर रजत जयन्ती तथा अभिभावक दिवस मनाएको हो ।

स्कुलको रजत जयन्ती तथा अभिभावक दिवसको उद्‌घाटन गर्दै विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले विद्यार्थीहरूमा केवल किताबी ज्ञान मात्र नभई व्यावहारिक सीपको आवश्यकता रहेको बताए । उनले भने, ‘सीप विनाको सर्टिफिकेटको कुनै काम छैन । अब विद्यार्थीहरूको रुचि अनुसारको सीपयुक्त शिक्षाको आवश्यकता रहेको छ । हातमा सीप छैन भने सर्टिफिकेटले मात्रै केही हुँदैन । अब सबैले पुरानो सोचबाट बाहिर निस्किएर नयाँ ढंगले हिँड्न पर्छ ।’

विद्यार्थीले आफ्नो रुचि भएको क्षेत्र पहिचान गरेर अघि बढ्नु पर्छ । उनले मोर्डन एराले शिक्षाका साथै अतिरिक्त क्रियाकलापमा पनि विराटनगरमा छुट्टै पहिचान बनाएको भन्दै खुसी व्यक्त गरे ।

विद्यालयका प्रिन्सिपल इन्द्र राईले निरन्तरको परिश्रम र अभिभावकको विश्वासले विद्यालय आजको उचाइमा पुगेको बताए । पीजीदेखि स्नातक तहसम्म पठनपाठन हुने यस विद्यालयमा विद्यालय तहमा ९५० र कलेजतर्फ ३ सय ५० गरी कूल १३ सय विद्यार्थी अध्ययनरत रहेको उनले सुनाए ।

प्रिन्सिपल राईले विद्यालयले विद्यार्थीको प्रतिभा प्रस्फुटनका लागि ‘मोर्डन एरा लिटिल च्याम्स’ जस्ता रियालिटी शो समेत सञ्चालन गर्दै आएको बताए ।

गोविन्द निरौलाको अध्यक्षतामा भएको कार्यक्रममा विश्वविद्यालयबाट उत्कृष्ट अंक ल्याई उत्तीर्ण भएका प्रजता बस्नेत, विश्वास खतिवडा, निरज रेग्मी, नवराज न्यौपाने, आशिष श्रेष्ठ, विन्धी शर्मा चापागाईं र सुवास बुढाथोकीलाई सम्मान गरिएको थियो । स्कुलको रजत जयन्ती तथा अभिभावक दिवसमा विद्यार्थीले नृत्य, गायन र कविता वाचनमार्फत आफ्नो कला प्रस्तुत गरेका थिए ।

तपाइको प्रतिक्रिया
रास्वपा सांसद खत्रीको अभिव्यक्तिप्रति पत्रकार महासंघको आपत्ति
९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ
नापी कार्यालयका सर्भेक्षकविरुद्ध अख्तियारद्वारा मुद्दा दायर
८०८ ग्राम खैरो हेरोइनसहित तीन भारतीय नागरिक पक्राउ
साढे दुई करोडभन्दा बढीको सुनका गहनासहित महिला पक्राउ
एन्फाका जोशी र पाण्डेको बन्दी प्रत्यक्षीकरण रिट खारेज
एन्फाका जोशी र पाण्डेको बन्दी प्रत्यक्षीकरण रिट खारेज
कोशीमा ५७७ वडामा कांग्रेस देउवा समूहको अधिवेशन
मोरङ-६ को अधिवेशनमा कुटपिटपछि कांग्रेसले फेर्यो संयोजक
माग सम्बोधन नभएपछि छात्रवृत्ति करारका चिकित्सक आन्दोलनमा
निजी क्षेत्रका लागि विद्युत् प्रसारण ग्रिड खुला
निजी क्षेत्रका लागि विद्युत् प्रसारण ग्रिड खुला
सीमा अपराध नियन्त्रणमा कडाइ गर्न सशस्त्र प्रहरी महानिरीक्षकको निर्देशन
सीमा अपराध नियन्त्रणमा कडाइ गर्न सशस्त्र प्रहरी महानिरीक्षकको निर्देशन
दमकबाट नक्कली भारतीय नोटसहित दुई भारतीय नागरिक पक्राउ
दमकबाट नक्कली भारतीय नोटसहित दुई भारतीय नागरिक पक्राउ
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×
Desktop Popup ImageMobile Popup Image×