विराटनगरमा पनि त्रिविले सुरु गर्याे एलएलबी, सिट संख्या ३०० ताेकियाे

मुलुकी खबर
मुलुकी खबर
clock२०८२ चैत्र २७, शुक्रबार ०९:४२

विराटनगर । कानुन विषय अध्ययन गर्न चाहने विराटनगरका  विद्यार्थीहरूका लागि खुसीको खबर छ ।

त्रिभुवन विश्वविद्यालयले कानुन सङ्कायले शैक्षिक सत्र २०८२ /०८३ का लागि विराटनगरस्थित डिग्री क्याम्पसमा पनि ३ वर्षे एलएलबी अध्यापन सुरु गर्ने भएकाे छ । विराटनगरमा यसअघि पूर्वाञ्चल विश्वविद्यालयमा मात्रै कानुन अध्यापन हुन्थ्याे । नयाँ शैक्षिक सत्रदेखि त्रिभुवन विश्वविद्यालयले पनि अध्यापन सुरु गर्ने भएकाे हाे ।

Advertisement

त्रिवि कानुन सङ्काय, डीनको कार्यालयले सार्वजनिक गरेको सूचना अनुसार, शैक्षिक कार्यक्रम विस्तार गरिएका क्याम्पसहरूको सूचीमा विराटनगरको डिग्री क्याम्पसलाई पनि समावेश गरिएको हो । यो क्याम्पसका लागि एलएलबी तहमा ३०० वटा सिट निर्धारण गरिएको छ ।

त्रिविले देशभरका आङ्गिक तथा सम्बन्धन प्राप्त क्याम्पसहरूमा ३,८०० विद्यार्थीका लागि भर्ना खुला गरेको छ । भर्ना हुन इच्छुक विद्यार्थीहरूले चैत ३० गतेदेखि आवेदन दिन सक्नेछन् ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.