राष्ट्रिय आईटीएफ तेक्वान्दो सुरु

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ वैशाख ५, शनिबार ११:४२
राष्ट्रिय आईटीएफ तेक्वान्दो सुरु

काठमाडौं । नेपाल अन्तर्राष्ट्रिय तेक्वान्दो महासंघ (एनआईटीएफ) को आयोजनामा २५ औँ राष्ट्रिय आईटीएफ तेक्वान्दो प्रतियोगिता तथा दोस्रो यु–१५ राष्ट्रिय विद्यालय आईटीएफ तेक्वान्दो प्रतियोगिता सुरु भएको छ ।

प्रतियोगिताको राखेपका सदस्यसचिव रामचरित्र मेहताले एक कार्यक्रमबीच उद्‌घाटन गरे । आयोजक महासंघका अध्यक्ष प्रवीणकुमार कार्कीको अध्यक्षतामा भएको कार्यक्रममा राखेपका पूर्वउपाध्यक्ष पिताम्बर तिम्सिना, राखेप कार्यकारी समितिका सदस्य कमबहादुर भट्टराई, राखेपका पूर्वसदस्य अञ्जन धमलालगायतको उपस्थिति रहेको थियो ।

Advertisement

प्रतियोगितामा एकल स्पाइरिङ, एकल प्याटर्न, ग्रुप स्पाइरिङ, ग्रुप प्याटर्न र सेल्फ डिफेन्स गरी ५ विधा समावेश छन् । त्यसमा राष्ट्रियमा ३३ स्वर्ण, ३३ रजत र ६६ कांस्य पदकका लागि भिडन्त भइरहेको छ । यु–१५ मा २० स्वर्ण, २० रजत र ४० कांस्य पदकका लागि प्रतिस्पर्धा गरिरहेका छन् ।

राष्ट्रियमा पुरुषमा ६ र महिलामा ५ स्वर्णको टुंगो लाग्यो । यु–१५ को पुरुषमा १० र महिलामा ७ गरी १७ स्वर्णको छिनोफानो भएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.