बराबरी खेल्दै केप भर्डे नकआउट चरणमा

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ असार १३, शनिबार ०८:१५

काठमाडौं । फिफा विश्वकप २०२६ काे समूह चरणमा बराबरी खेल्दै केप भर्डे  नकआउट चरणमा पुगेको छ । समुह ‘एच’मा अपराजित रहँदै नकआउट चरणमा पुगेको हो । यो समुहबाट ७ अंक बटुल्दै स्पेन समुह विजेता बन्यो ।

शनिबार सम्पन्न अन्तिम खेलमा पनि केप भर्डेले साउदी अरेबियासँग बराबरी खेल्दै ३ अंक जुटायो । यसअघि केप भर्डेले स्पेन र उरुग्वेसँग पनि बराबरी खेलेको थियो ।

Advertisement

शनिबारै भएको अर्को खेलमा स्पेनसँग १–० गोल अन्तरले पराजित भएको उरुग्वे भने समुह चरणबाटै बाहिरियो । उरुग्वे दुई पटकको विश्वविजेता पनि हाे । जारी विश्वकपमा डेब्यु गरेका चार टिम मध्ये केप भर्डे मात्रै नकआउट चरणमा पुगेको हाे ।अन्य तीन टिमहरू कुरासाओ, उज्बेकिस्तान र जोर्डन भने समुह चरणबाटै बाहिरिएका छन् । राउन्ड अफ ३२ मा अब केप भर्डेको प्रतिस्पर्धा साविक विजेता अर्जेन्टिनासँग हुने भएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.