विवादास्पद अभिषेक गिरीको घरमा प्रहरीकाे छापा

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ असार १३, शनिबार ०७:११

विराटनगर । मोरङ प्रहरीले विराटनगरका विवादास्पद व्यक्ति अभिषेक गिरीको घरमा छापा मारेको छ ।गुण्डा नाइकेकाे रुपमा परिचित गिरीकाे घरमा शनिबार बिहानकाे राति प्रहरीले छापा मारेकाे हाे ।

मोरङ प्रहरी स्रोतका अनुसार, गिरीको घरमा अवैध हतियार लुकाएर राखिएको आशंकामा यो सर्च अपरेसन चलाइएको हो । शनिबार झिसमिसे बिहानैदेखि प्रहरीले गिरीको घरलाई घेरा हालेर खानतलासी गरिरहेकाे छ ।

Advertisement

जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख प्रहरी उपरीक्षक कबित कटवालले शंकास्पद वस्तु राखेकाे आशंकामा खोजी भइरहेको जानकारी दिए । थप विवरण भने आउन बाँकी रहेकाे उनले बताए ।

अभिषेक गिरी यसअघि पनि पटक-पटक विभिन्न आपराधिक क्रियाकलापमा संलग्न रहेको भन्दै विवादमा आउने गरेका व्यक्ति हुन् । अपहरण मुद्दामा कारागारभित्र रहँदासमेत उनी पटक-पटक विवाद गरेका थिए ।

कैद भुक्तानपछि कारागारबाट छुटेका गिरी नेपाली कांग्रेसकाे राजनीतिमा पनि छन् ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.