नयाँ शैक्षिकसत्र औपचारिक रूपमा सुरु

Share this
734shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ वैशाख १५, मंगलबार १०:३०

काठमाडौं । देशभर नयाँ शैक्षिकसत्र आज (मंगलबार)देखि औपचारिक रूपमा सुरु भएको छ । सरकारको पछिल्लो निर्णयअनुसार अबदेखि प्रत्येक वर्ष वैशाख १५ गतेदेखि नयाँ शैक्षिकसत्र सुरु हुने छ ।

यसअघि शैक्षिकसत्र वैशाख २ गतेबाट सुरु हुन्थ्यो । तर, नयाँ व्यवस्था लागू भएसँगै कक्षा सञ्चालन र भर्ना प्रक्रिया केही समय पछि सारिएको छ । शिक्षा मन्त्रालयका अनुसार नयाँ शैक्षिकसत्रसँगै विद्यालयहरूमा विद्यार्थी भर्ना प्रक्रिया तीव्र बनेको छ ।

निजी तथा संस्थागत विद्यालयहरूले भर्ना कार्य सुरु गरिसकेका छन् । सरकारले भने कानूनविपरीत असुल गरिँदै आएको भर्ना शुल्क तथा अन्य अतिरिक्त शुल्क फिर्ता गर्न गत चैत २२ गते नै निर्देशन दिइसकेको छ ।

विद्यालय तहको शैक्षिक गतिविधि व्यवस्थित बनाउन र एकरूपता कायम गर्न नयाँ मिति लागू गरिएको सरकारको भनाइ छ । यस निर्णयले शैक्षिक क्यालेन्डरलाई थप व्यवस्थित बनाउने दाबी सरकारको छ ।

तर, केही स्थानीय तहले भने यसअघिदेखि नै विद्यार्थी भर्ना सुरु गरिसकेका छन् । नयाँ शैक्षिकसत्रसँगै विद्यालयहरूमा नियमित कक्षा सञ्चालन र शैक्षिक वातावरण विस्तारै सक्रिय हुँदै जाने छ ।

तपाइको प्रतिक्रिया
रास्वपा सांसद खत्रीको अभिव्यक्तिप्रति पत्रकार महासंघको आपत्ति
९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ
नापी कार्यालयका सर्भेक्षकविरुद्ध अख्तियारद्वारा मुद्दा दायर
८०८ ग्राम खैरो हेरोइनसहित तीन भारतीय नागरिक पक्राउ
साढे दुई करोडभन्दा बढीको सुनका गहनासहित महिला पक्राउ
एन्फाका जोशी र पाण्डेको बन्दी प्रत्यक्षीकरण रिट खारेज
एन्फाका जोशी र पाण्डेको बन्दी प्रत्यक्षीकरण रिट खारेज
कोशीमा ५७७ वडामा कांग्रेस देउवा समूहको अधिवेशन
मोरङ-६ को अधिवेशनमा कुटपिटपछि कांग्रेसले फेर्यो संयोजक
माग सम्बोधन नभएपछि छात्रवृत्ति करारका चिकित्सक आन्दोलनमा
निजी क्षेत्रका लागि विद्युत् प्रसारण ग्रिड खुला
निजी क्षेत्रका लागि विद्युत् प्रसारण ग्रिड खुला
सीमा अपराध नियन्त्रणमा कडाइ गर्न सशस्त्र प्रहरी महानिरीक्षकको निर्देशन
सीमा अपराध नियन्त्रणमा कडाइ गर्न सशस्त्र प्रहरी महानिरीक्षकको निर्देशन
दमकबाट नक्कली भारतीय नोटसहित दुई भारतीय नागरिक पक्राउ
दमकबाट नक्कली भारतीय नोटसहित दुई भारतीय नागरिक पक्राउ
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×
Desktop Popup ImageMobile Popup Image×