
काठमाडौं । आईसीसी विश्वकप लिग २ अन्तर्गत नेपालले यूएईमाथि रोमाञ्चक जित निकालेको छ । शुक्रबार घरेलु मैदानमा ६ रनको जित निकालेको हो ।
टस जितेर नेपालले २९० रनको लक्ष्य दिएको थियो । वर्षाले प्रभावित बनेको खेलमा यूएईले ३८ ओभरमा २५५ रनको लक्ष्य पाएको थियो । यूएईले ३८ ओभरमा ८ विकेट गुमाएर १४८ रनमात्रै बनाउन सक्यो ।
युएईका लागि मुहम्मद शहदादले ६५, खुजैमा तनवीरले ४९, आर्यान्स शर्माले ३३ तथा अक्षदीप नाथले अविजित ३६ रन बनाए ।
बलिङतर्फ नेपालका सन्दीप लामिछानेले तीन तथा सोमपाल कामी र नन्दन यादवले दुई–दुई विकेट लिए ।
त्यसअघि कीर्तिपुस्थित टियु मैदानमा टस जितेर पहिले ब्याटिङ थालेको नेपालले ५० ओभरमा ७ विकेट गुमाएर २८९ रन जोड्यो । उपकप्तान दीपेन्द्र सिंह ऐरीले शतकीय पारी खेले। ९४ बल खेलेका उनी १०० रनमा रनआउट रहे । विनोद भण्डारीले ५६, रोहित पौडेलले ३९ तथा गुलशन झाले ४४ रन जोडे । बलिङतर्फ यूएईका अजय कुमार र जुनैद सिद्धिकीले दुई–दुई तथा खुजैमा तनवीर हैदर अलीले एक–एक विकेट लिएका थिए ।
जितसँगै नेपाल २३ खेलमा १६ अंकका साथ पुछारबाट दोस्रो स्थानमा छ । समान खेल खेलेको युएई १२ अंकसहित पुछारमा छ ।



















