जलवायु परिवर्तनको मारमा हिमश्रृंखला

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ जेष्ठ २, शनिबार १५:२७

पोखरा।प्रकृतिको वरदान हाम्रा हिमश्रृंखलाहरू मानवीय क्रियाकलाप कै कारण जलवायु परिवर्तनको मारमा पर्दै गएका छन्। यो संकट हिमालमै मुहान भएका हिमनदीहरूमा पनि प्रत्यक्ष रूपमा पर्दै गएको छ। १४ वर्षअघि सेती नदीमा आएको बेमौसमी हिमबाढीले ठुलो धनजनको क्षति व्यहोर्नुपर्‍यो। एकातर्फ जलवायु परिवर्तनको असर हिमनदीहरूमा देखिन थालेको छ भने अर्कोतर्फ राज्यसँग विपद्‌बारे पूर्वतयारी र जोखिम न्यूनीकरण गर्ने रणनीति नहुँदा त्यसले पुर्‍याउने क्षति बढाइदिएको छ।

वि‌.स. २०६५ सालताका कास्कीको माछापुच्छ्रे गाउँपालिका-२ खारापानीमा तातोपानीमा नुहाउन र पिकनिकका लागि आएका पर्यटकले खारापानी क्षेत्र भरिभराउ हुन्थ्यो। चहलपहल बढेपछि स्थानीय ६५ वर्षीय लोकबहादुर गुरूङले छोरा-बुहारीलाई दुईवटा घर बनाइदिएर होटल खोलिदिएका थिए। तर, त्यो होटल चार वर्ष नपुग्दै २०६९ बैशाख २३ गते अचानक सेतीनदीमा आएको हिमबाढीले बगाइदियो।

Advertisement

त्यतिमात्रै हैन बुहारी पुण्याशोभा गुरुङसहित ७२ जनाको ज्यान सोही बाढीले लियो। खारापानी बगरमा बनेका दर्जनौँ घरटहरा छिनभरमै विलाए। १४ वर्षअघिको घटनाले उहाँलाई अहिले पनि भक्कानो छुट्छ। वैशाखको चर्को घाम लागेको बेला बाढी आएर भएको उक्त विनाशको घट्नाले सबैलाई झस्काइरहन्छ।

अहिले पनि जलवायु परिवर्तनका कारण अतिवृष्टि, अनवृष्टि, तामक्रम बढनु, बाढी, पहिरो, अस्वभाविक मौसमी परिवर्तन भई जैविक विविधता र पारिस्थितिक प्रणालीमा असर परिरहेको छ। कास्कीको मिर्सा, करूवा, साँदल, खारापानीलगायत सेती जलधारका स्थानीयलाई अझ बढी त्रास छ।

सेती नदीमा बाढी आएको एक महिनापछि करूवा गाउँमा पूर्वसूचना प्रणाली राखेको थियो। तर, त्यो उपकरणले अहिले काम गर्दैन। नदी क्षेत्रका स्थानीयलाई अहिले पूर्वसूचना प्रणालीको आवश्यकता खट्किएको छ। जलवायु परिवर्तनका कारण पछिल्ला दशकहरूमा हिमालय क्षेत्रको तापक्रम औसतभन्दा बढी दरले बढिरहेको छ।

हिमनदीहरू पग्लिएर बन्ने अस्थायी तालहरू फुट्ने जोखिम उच्च छ। पोखराको मध्यभाग हुँदै बग्ने सेती नदीको मुहान हिमाल हो। २०६९ मा आएको विनाशकारी सेती बाढीजस्तै, माथिल्लो भेगमा हिमपहिरो गएर वा हिमताल फुटेर फेरि पनि ठूलो बाढी आउन सक्ने सम्भावना विज्ञहरूले औंल्याएका छन्।

भू-क्षय र कटानका कारण सेती नदीले बनाउने गहिरा खोंचहरू र यसको चुनयुक्त माटो पानीको ओसका कारण कमजोर हुँदै जाँदा नदी किनारका बस्तीहरू भासिने जोखिममा छन्। जलवायु परिवर्तन केवल वातावरणीय मुद्दा मात्र नभइ यो मानव अस्तित्वकै संकट हो।

यसलाई कम गर्न हरितगृह ग्यासको उत्सर्जन घटाउने, नवीकरणीय ऊर्जाको प्रयोग बढाउने र वनजंगलको संरक्षण गरेर यस्ता विपद्हरू न्यूनीकरण गर्न सकिन्छ। सरकारले केवल विपद् आएपछि उद्धार गर्ने सोच त्यागेर विपद् आउनुअघि नै पूर्वतयारी र जोखिम न्यूनीकरण गर्ने रणनीति अपनाउनुपर्छ।

तपाइको प्रतिक्रिया
नेपालले अमेरिकालाई ९ विकेटले हरायो
५ वर्षमा पहिरोबाट ७४३ जनाको मृत्यु, मनसुन नजिकिँदा पनि सरकारको तयारी सुस्त
मनसुनमा कम वर्षा हुने प्रक्षेपणले उत्पादकत्व घट्ने जोखिम
जलवायु परिवर्तनको मारमा हिमश्रृंखला
मधेसका मुख्यमन्त्रीलाई विश्वासको मत दिने विषयमा जसपामा दुई धार
वडा सचिवलाई धम्की दिने खड्का काठमाडौँबाट पक्राउ
इलाममा बर्ड फ्लु नियन्त्रणका लागि लगाइएको प्रतिबन्ध फुकुवा
एमाले केन्द्रीय सचिवालय बैठक स्थगित, सोमबार ओली निवास गुन्डुमा बस्ने
जबरजस्ती करणी मुद्दामा ७ वर्ष कैद र ३ लाख क्षतिपूर्तिको फैसला
वडा सचिवलाई धम्की दिनेमाथि कारबाही गर्न प्रधानमन्त्री कार्यालयको निर्देशन
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.