उपकुलपति दौडमा २१८ आकांक्षी

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ जेष्ठ ६, बुधबार १९:००

काठमाडौं । देशका आठ विश्वविद्यालयका उपकुलपति पदका लागि २१८ जनाले आवेदन दिएका छन् ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सार्वजनिक गरेको विवरणअनुसार सबैभन्दा बढी आकर्षण त्रिभुवन विश्वविद्यालयमा देखिएको छ । जहाँ ५० जनाले आवेदन दिएका छन् ।

Advertisement

मन्त्रालयका अनुसार पूर्वाञ्चल विश्वविद्यालय र पोखरा विश्वविद्यालय दुवैमा समान ३८–३८ जनाको आवेदन परेको छ । त्यसपछि राजर्षि जनक विश्वविद्यालयमा २७, मध्यपश्चिम विश्वविद्यालयमा २०, सुदूरपश्चिम विश्वविद्यालयमा १९, कृषि तथा वन विज्ञान विश्वविद्यालयमा १५ र लुम्बिनी बौद्ध विश्वविद्यालयमा ११ जनाले उपकुलपति पदका लागि आवेदन दिएका छन् ।

सरकारले गत वैशाख २५ गते अनलाइन माध्यमबाट उपकुलपति नियुक्तिका लागि आवेदन खुला गरेको थियो । आवेदन सकिएसँगै अब छनोट प्रक्रिया अघि बढ्ने मन्त्रालयले जनाएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.