नेपाली बजारमा ‘अल न्यु किया के थ्री सेल्टोस’ सार्वजनिक

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ असार १२, शुक्रबार १५:०४
नेपाली बजारमा ‘अल न्यु किया के थ्री सेल्टोस’ सार्वजनिक

विराटनगर । नेपाली अटोमोबाइल बजारमा कियाले आफ्नो बहुप्रतीक्षित एसयुभी ‘अल न्यु किया के थ्री सेल्टोस’ विराटनगरमा एक कार्यक्रमका बीच सार्वजनिक गरेको छ । तेस्रो पुस्ताको यो नयाँ सेल्टोसले आधुनिक प्रविधि, परिष्कृत डिजाइन र अत्याधुनिक सुरक्षा सुविधाहरूका साथ नेपाली सडकमा नयाँ उत्साह थप्ने विश्वास गरिएको छ ।

कियाको अत्याधुनिक के थ्री प्लेटफर्ममा आधारित यो एसयुभी पहिलेको तुलनामा अझ ठुलो, बलियो र सुरक्षित बनाइएको छ । नयाँ संरचनाले गर्दा यसको क्याबिन थप फराकिलो हुनुका साथै यात्रालाई अझ आरामदायी र ड्राइभिङ अनुभवलाई परिष्कृत बनाएको कम्पनीले जनाएको छ । यो मोडल भारतस्थित कियाको विश्व स्तरीय उत्पादन केन्द्रमा निर्माण गरिएको हो, जहाँबाट विश्वका ९० भन्दा बढी देशहरूमा निर्यात गरिन्छ ।

Advertisement

सुरक्षालाई उच्च प्राथमिकता दिँदै यो नयाँ सेल्टोसमा लेभल २ एडासअन्तर्गत २१ वटा अत्याधुनिक सुरक्षा सुविधाहरू समावेश गरिएको छ । यसका साथै ६ वटा एयरब्यागलाई मानक बनाइएको छ । सुरक्षाको कसीमा खरो उत्रिँदै यो एसयुभीले बीएनक्यापबाट ५ स्टार सेफ्टी रेटिङसमेत प्राप्त गरेको छ, जसले यसलाई आफ्नो वर्गकै सबैभन्दा सुरक्षित गाडीमध्ये एक बनाएको छ ।

गाडीको भित्री बनावटलाई प्रिमियम लुक दिन प्यानोरामिक डिस्प्ले र प्यानोरामिक सनरुफ जस्ता सुविधाहरू थपिएका छन् । यसले चालक र यात्री दुवैलाई विलासी यात्राको अनुभूति गराउँछ ।

विराटनगर प्रबन्धक कुशल लामिछानेले कार्यक्रममा बोल्दै, ‘के थ्री प्लेटफर्ममा आधारित यो नयाँ मोडलले उत्कृष्ट ड्राइभिङ अनुभव, प्रिमियम इन्टेरियर र अत्याधुनिक प्रविधिको सही संयोजन प्रस्तुत गरेको छ । हामीले नेपाली ग्राहकहरूको बदलिँदो रोजाइ र आवश्यकतालाई ध्यानमा राखेर यसलाई बजारमा ल्याएका हौँ ।’

आकर्षक नयाँ डिजाइन भाषा र थपिएको प्रविधिका कारण यो मोडलले मध्यम तथा प्रिमियम एसयूभी सेग्मेन्टमा आफ्नो बलियो उपस्थिति जनाउने निश्चित छ । कम्पनीका अनुसार नेपाली बजारमा यसको प्रारम्भिक मूल्य ६८ लाख ९० हजार रुपैयाँ निर्धारण गरिएको छ ।

नयाँ डिजाइन, उत्कृष्ट पर्फर्मेन्स र सुरक्षाको बलियो सुनिश्चितताका कारण ‘अल न्यु किया के थ्री सेल्टोस’ आगामी दिनमा नेपाली ग्राहकहरूको पहिलो रोजाइ बन्ने कम्पनीको अपेक्षा छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.