चीनमाथि अमेरिकी मतदाताको डाटा चोरेको गम्भीर आरोप

Share this
759shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ श्रावण १, शुक्रबार ०९:३३

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनमाथि अमेरिकी मतदाताको तथ्यांक चोरी गरेको गम्भीर आरोप लगाएका छन् ।

ह्वाइट हाउसबाट राष्ट्रलाई सम्बोधन गर्दै ट्रम्पले सन् २०२० को अमेरिकी राष्ट्रपति निर्वाचनका क्रममा चीनले करिब २२ करोड अमेरिकी मतदाताको डाटा गैरकानुनी रूपमा चोरेको दाबी गरेका हुन् । उनले यससँग सम्बन्धित गुप्तचर निकायका कागजातहरू आफ्नो प्रशासनले छिट्टै सार्वजनिक गर्ने पनि बताएका छन् ।

Advertisement

ट्रम्पका अनुसार चीनले अमेरिकी निर्वाचन प्रणालीका कमजोरीहरूको फाइदा उठाउँदै मतदाताको विवरण प्राप्त गरेको थियो । उनले यो योजना सन् २०२० को निर्वाचनकै समयमा सुरु भएको दाबी गरे ।

उनले अमेरिकी केन्द्रीय गुप्तचर संस्था (सीआईए), संघीय अनुसन्धान ब्यूरो (एफबीआई) तथा केही सरकारी अधिकारीहरूले चीनको कथित चुनावी हस्तक्षेपसम्बन्धी जानकारी लुकाएको आरोपसमेत लगाए ।

ट्रम्पले अमेरिकी मतदान मेसिन, मतदाताको तथ्यांक तथा मतगणना प्रणाली साइबर आक्रमणको जोखिममा रहेको उल्लेख गर्दै चीनसँगै रुस, इरान र उत्तर कोरियालाई पनि सम्भावित साइबर खतराका रूपमा औंल्याए ।

यद्यपि, ट्रम्पले लगाएका आरोपका बारेमा स्वतन्त्र रूपमा पुष्टि हुन बाँकी छ । चीनले पनि यस विषयमा तत्काल कुनै आधिकारिक प्रतिक्रिया दिएको छैन ।

तपाइको प्रतिक्रिया
प्रस्तावित कानुन आयोग विधेयकप्रति बारको आपत्ति, स्वायत्तता कमजोर हुने दाबी
इटहरीमा सीप तथा रोजगार मेला, ६५ स्टलबाट रोजगारीको अवसर
बिहीबारदेखि टाढा र रातिको यात्रा नगर्न आग्रह
जलवायु संकटको जोखिम नेपालको विपद्ले पुष्टि गरेको छः राष्ट्रसंघ महासचिव गुटरेस
सरकारी निर्णय प्रक्रिया डिजिटल बनाउन नयाँ नियमावली
इलाममा ट्रकको ‘फल्स बटम’ भित्र लुकाइएको १५ सय किलो गाँजा बरामद
विज्ञापन बोर्डको अध्यक्षमा सन्तोष श्रेष्ठ नियुक्त
महिला आयोगको प्रतिवेदन राष्ट्रपतिसमक्ष पेस
बिरामी बोक्ने एम्बुलेन्समा ४५० किलो गाँजा, इटहरीको पानीपिया जंगलमा छाडेर भागे चालक
प्रविधिमैत्री तरकारीखेतीमा जोड दिँदै भोजपुरको हतुवागढी
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×