साइबर अपराध र कानुनी विवाद न्यूनीकरणका लागि विद्यालयलाई कानुनी प्रशिक्षण

Share this
710shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ श्रावण ४, सोमबार १५:२८
साइबर अपराध र कानुनी विवाद न्यूनीकरणका लागि विद्यालयलाई कानुनी प्रशिक्षण

विराटनगर । सामाजिक सञ्जालको दुरुपयोग, साइबर बुलिङ, विद्यालयभित्र हुने हिंसा, यौनजन्य दुर्व्यवहार र बाल अधिकार उल्लंघनका घटना बढ्दै जाँदा विद्यालय प्रशासनका लागि कानुनी ज्ञान अनिवार्य बन्न थालेको छ । धेरैजसो विद्यालय नेतृत्वमा सामान्य कानुनी प्रक्रियाबारे पर्याप्त जानकारी नहुँदा साना विवादसमेत प्रहरी र अदालतसम्म पुग्ने अवस्थालाई मध्यनजर गर्दै मोरङको बुढीगंगामा रहेको मनमोहन प्राविधिक विश्वविद्यालयले विशेष अभियान सुरु गरेको छ ।

विश्वविद्यालयअन्तर्गतको इन्स्टिच्युट अफ ल ले विराटनगर महानगरपालिकाका निजी तथा सामुदायिक विद्यालयका प्रधानाध्यापक, विद्यालय व्यवस्थापन समिति र प्रशासनिक नेतृत्वलाई लक्षित गरी ‘कानुनी साक्षरता अभिमुखीकरण’ कार्यक्रम आयोजना गरेको हो ।

अभिमुखीकरणमा विद्यालयमा विद्यार्थीबीच हुने झगडा, साइबर बुलिङ, सामाजिक सञ्जालमा शिक्षक वा विद्यार्थीको तस्बिर तथा भिडियोको दुरुपयोग (डीपफेक), विद्यालयको गोपनीयता भंग र यौन हिंसा जस्ता विषयमा छलफल गरिएको थियो ।

कार्यक्रममा अधिवक्ता तथा शिक्षक जिवेश झाले विशेष गरी आर्टिफिसियल इन्टेलिजेन्स (एआई) मार्फत हुनसक्ने फोटो र भिडियोको दुरुपयोग, शिक्षक–विद्यार्थी सम्बन्धबाट उत्पन्न हुने कानुनी जटिलता र विद्यालय प्रशासनले अपनाउनुपर्ने सावधानीबारे जानकारी गराए । उनले पछिल्लो समय प्रविधिको बढ्दो प्रयोगसँगै विद्यालयहरूमा नयाँ प्रकारका कानुनी संकट थपिएको बताए ।

विश्वविद्यालयका उपकुलपति डा. सुवासश्री पोखरेलले विद्यालय नेतृत्वलाई समयमै कानुनी रूपमा सक्षम बनाउनु सामाजिक दायित्व भएको बताए । उनले भने, ‘बढ्दो साइबर अपराध, बाल अधिकार र यौन हिंसासम्बन्धी कानुनी जानकारी प्रत्येक विद्यालय नेतृत्वका लागि अनिवार्य भइसकेको छ । अनुशासन बुझेर मात्र अब पुग्दैन, कानुनी पाटोमा पनि उत्तिकै सचेत हुनुपर्छ ।’

उपकुलपति पोखरेलका अनुसार मनमोहन प्राविधिक विश्वविद्यालयले आफ्नो ज्ञानलाई समुदायसम्म पुर्याउन इन्जिनियरिङ, स्वास्थ्य र कानुनका क्षेत्रमा विद्यालयहरूसँग ‘मित’ लगाएर सहकार्य गर्ने योजनासमेत अघि सारेको छ ।

यसैगरी, विश्वविद्यालयका रजिस्ट्रार डा. किशोर अधिकारीले विद्यालय तथा कलेजहरूलाई कानुनी र मनोवैज्ञानिक परामर्श उपलब्ध गराउन विश्वविद्यालयले छिट्टै ‘लिगल कन्सल्टेसन क्लिनिक’ (कानुनी परामर्श क्लिनिक) सञ्चालन गर्ने घोषणा गरे । विद्यालयमा देखिने जटिल विवाद समाधानका लागि यस्तो प्रत्यक्ष परामर्श सेवा प्रभावकारी हुने उनको विश्वास छ ।

इन्स्टिच्युट अफ ल का प्रमुख कोषराज न्यौपानेले विद्यालयमा हुने धेरैजसो विवाद कानुनको जानकारी अभावकै कारण जटिल बन्ने गरेको औँल्याए । उनका अनुसार शिक्षा ऐन, संविधान, साइबर कानुन, बालबालिका सम्बन्धी ऐन र विद्यालय सुशासनबारे आधारभूत ज्ञान विद्यालय सञ्चालकहरूमा हुनु जरुरी छ ।

सहभागी विद्यालय नेतृत्वका अनुसार हाल डिजिटल गतिविधिले गर्दा विद्यार्थीहरूबीच ‘डीपफेक’ र ‘साइबर बुलिङ’ मुख्य चुनौतीका रूपमा देखा परेका छन् । त्यस्तै, शुल्क, रोजगारीका सामान्य विवाद र यौनजन्य दुर्व्यवहारका घटनामा कानुनी प्रक्रिया थाहा नहुँदा अनावश्यक भ्रम र विवाद सिर्जना हुने गरेको उनीहरूले बताए ।

तपाइको प्रतिक्रिया
रास्वपा सांसद खत्रीको अभिव्यक्तिप्रति पत्रकार महासंघको आपत्ति
९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ
नापी कार्यालयका सर्भेक्षकविरुद्ध अख्तियारद्वारा मुद्दा दायर
८०८ ग्राम खैरो हेरोइनसहित तीन भारतीय नागरिक पक्राउ
साढे दुई करोडभन्दा बढीको सुनका गहनासहित महिला पक्राउ
एन्फाका जोशी र पाण्डेको बन्दी प्रत्यक्षीकरण रिट खारेज
एन्फाका जोशी र पाण्डेको बन्दी प्रत्यक्षीकरण रिट खारेज
कोशीमा ५७७ वडामा कांग्रेस देउवा समूहको अधिवेशन
मोरङ-६ को अधिवेशनमा कुटपिटपछि कांग्रेसले फेर्यो संयोजक
माग सम्बोधन नभएपछि छात्रवृत्ति करारका चिकित्सक आन्दोलनमा
निजी क्षेत्रका लागि विद्युत् प्रसारण ग्रिड खुला
निजी क्षेत्रका लागि विद्युत् प्रसारण ग्रिड खुला
सीमा अपराध नियन्त्रणमा कडाइ गर्न सशस्त्र प्रहरी महानिरीक्षकको निर्देशन
सीमा अपराध नियन्त्रणमा कडाइ गर्न सशस्त्र प्रहरी महानिरीक्षकको निर्देशन
दमकबाट नक्कली भारतीय नोटसहित दुई भारतीय नागरिक पक्राउ
दमकबाट नक्कली भारतीय नोटसहित दुई भारतीय नागरिक पक्राउ
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×
Desktop Popup ImageMobile Popup Image×