सुनचाँदीको भाउ बढ्यो 

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ श्रावण ६, बुधबार ११:२४

विराटनगर । नेपाली बजारमा बुधबार (आज) पनि सुनचाँदीको भाउ बढेको छ । बजारमा सुन प्रतितोला ५ हजार ४ सय रुपैयाँ र चाँदी प्रतितोला १ सय १० रुपैयाँले बढेको हो ।

भाउ बढेसँगै बुधबारका लागि सुनको मूल्य प्रतितोला २ लाख ९१ हजार रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । अघिल्लो दिन मंगलबार बजारमा सुन प्रतितोला २ लाख ८५ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो ।

Advertisement

त्यस्तै, बुधबार चाँदी प्रतितोला ४ हजार ४ सय ८० रुपैयाँ कायम भएको महासंघले जनाएको छ । अघिल्लो दिन मंगलबार बजारमा चाँदी प्रतितोला ४ हजार ३ सय ७० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×