
विराटनगर । मोरङको उर्लाबारीबाट भरुवा बन्दुक र विस्फोटका पदार्थ भएको छ । उर्लाबारी नगरपालिका–२ स्थित सुनझोडा सामुदायिक वनबाट मंगलबार राति ९ बजेतिर बन्दुक र अन्य विस्फोटक पदार्थ पनि बरामद भएको मोरङ प्रहरीका सूचना अधिकारी डीएसपी मकेन्द्रकुमार मिश्रले बताए ।
उनका अनसार सामुदायिक वनमा चोरी सिकारी गर्ने गरेको भन्ने विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय विशेष टोली परिचालन गरिएको थिाये । वन क्षेत्रमा गस्ती गर्ने क्रममा जंगलभित्र बेवारिसे अवस्थामा रहेको रातो प्लाष्टिकको बोराभित्र लुकाइछिपाइ राखिएको भरुवा बन्दुक बरामद भएको प्रहरीले जनाएको छ ।
साथै बन्दुकमा प्रयोग हुने विस्फोटक पदार्थसमेत बरामद भएको डीएसपी मिश्रले बताए । बरामद भएको बन्दुक र विस्फोटक पदार्थ नियन्त्रणमा लिएर प्रहरीले अनुसन्धान सुरु गरेको छ ।



















